काठमाडौं । ललितपुर स्थित झम्सिखेल स्थित प्रधान कार्यालय रहेको यस सजिलो ब्रोकर लिमिटेड (ब्रोकर नम्बरः ९०) को कारोबारको मंसिर १८ गते सोमवारबाट विधिबत् रुपमा सुरुवात भएको छ ।
पाँच जना कन्याहरुले सजिलो ब्रोकरमा टिएमएस खाता र डिपी खाता खोली आआफ्नो नाममा शेयर खरिद गरी कारोबार सुरुवात गरीएको थियो । जसमध्ये पहिलो कारोबार पाटनकी जीवीत देवी (कुमारी) निहिरा बज्राचार्यको नामबाट भएको छ । निहिरा बज्राचार्यको नाममा किनिएको कुमारी बैङ्कको शेयर खरिद गरी सामाजिक उत्तरदायित्व अन्र्तगत भेटी स्वरुप चढाईएको छ ।
कारोबार सुरु गर्ने अन्य कुमारी हरुमा सेयरीका श्रेष्ठ, विधि महर्जन, समय महर्जन र सभ्यता पोख्रेल रहेका छन् ।
खुला अर्थनीति र पुँजी बजारको चरित्रका आधारमा ब्रोकर लाइसेन्स सबैको लागि खुला राख्ने नीति अनुसार नेपाल धितोपत्र बोर्डले ब्रोकर लाइसेन्स खुला गरेको थियो । यहि क्रममा सजिलो ब्रोकर पनि सञ्चालनमा आएको हो ।
वि.सं.२०८० मंसिर १८ सोमवार १२:५३ मा प्रकाशित