back
NMB Ad

चोभार सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा ट्रान्स नेपाल फ्रेट सर्भिसेज जेभीलाई   

Royal Enfield Inside Page Banner

काठमाडौँ, १८ मङ्सिर : चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट छनोट भएको ट्रान्स नेपाल फ्रेट सर्भिसेज जेभीले नेपाल इन्टरमोडल यातायात विकास समितिसँग सम्झौता गरेको छ ।

ट्रान्स नेपाल फ्रेट सर्भिसेज जेभीले ट्रान्स नेपाल टिआरएस लोजिपार्क प्रालि दर्ता गरी पाँच वर्षका लागि रु दुई करोड ८८ लाख न्यूनतम पट्टा वहाल र नियमानुसार महसुल बाँडफाँट गर्ने गरी आज समितिसँग सम्झौता गरेको हो ।

समितिको टर्मिनल पट्टाबहालमा दिनेसम्बन्धी नियमावली, २०७० बमोजिम समिति र उक्त कम्पनीबीच आज भएको सम्झौता अनुसार कम्पनीले यही मङ्सिर २९ गतेदेखि चोभार सुक्खा बन्दरगाहको सञ्चालन तथा व्यवस्थापन गर्नेछ । समितिका कार्यकारी निर्देशक आशीष गजुरेलको उपस्थितिमा कम्पनीका निर्देशक युवक डङ्गोल र सञ्चालक कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक मुकेशकुमार राठीले करार सम्झौतामा हस्ताक्षर गर्नुभयो ।

नेपाल इन्टरमोडल यातायात विकास समिति (गठन) आदेश, २०५४ बमोजिम समिति एक नियामक निकायका रुपमा रहेकाले समिति अन्तर्गत रहेका टर्मिनल (सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी र कन्टेनर फ्रेट स्टेसन)को सञ्चालन तथा व्यवस्थापनका लागि समितिले गत साउन ८ गते अन्तर्राष्ट्रिय स्तरको बोलपत्र आह्वान गरेको थियो ।

त्यस अवसरमा कार्यकारी निर्देशक गजुरेलले चोभार सुक्खा बन्दरगाह सञ्चालन शुरु भएको करिब २० महिनामा व्यापारिक प्रयोगमा वृद्धि भइरहेको र सुक्खा बन्दरगाहको सञ्चालन र व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिँदा सरकारलाई प्राप्त हुने राजस्व बढ्ने बताउनुभयो ।

गजुरेलले बन्दरगाहलाई पूर्णक्षमतामा सञ्चालनमा ल्याउनका लागि बल्खु–दक्षिणकाली सडक खण्डको कीर्तिपुरस्थित ल्याबोरेटरी उच्च माध्यमिक विद्यालयको मुख्यद्वारदेखि चोभार सुक्खा बन्दरगाहसम्मको सडक चौडा गरी चार लेनको बनाउन र निजगढ–काठमाडौँ द्रुतमार्ग निर्माण चाँडो सम्पन्न गर्न अत्यावश्यक भएको बताउनुभयो ।

सञ्चालक कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक राठीले सुक्खा बन्दरगाहको प्रभावकारी सञ्चालन तथा व्यवस्थापनमा नेपाल इन्टरमोडल यातायात विकास समिति लगायत अन्य सरकारी तथा सरोकारवाला निकायबाट विगतमा प्राप्त गरेको साथ र सहयोग आगामी दिनमा समेत प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

वि.सं.२०८० मंसिर १८ सोमवार १६:५० मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
प्रधानमन्त्री र मुख्यमन्त्रीहरूबीच भर्चुअल बैठक : समस्या पहिचान गरेर समाधान गर्छौं –प्रधानमन्त्री   

प्रधानमन्त्री र मुख्यमन्त्रीहरूबीच भर्चुअल बैठक : समस्या पहिचान गरेर समाधान गर्छौं –प्रधानमन्त्री   

वि.सं.२०८१ माघ २५ शुक्रवार १८:२५

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सेवा प्रवाह, सुशासन, समग्र...

भारतीय अण्डा भित्रिएपछि नेपाली बजार प्रभावित   

भारतीय अण्डा भित्रिएपछि नेपाली बजार प्रभावित   

वि.सं.२०८१ माघ २५ शुक्रवार १८:१९

चितवन: भारतीय सीमा क्षेत्रबाट अबैध रूपमा सेतो अण्डा भित्रिएपछि चितवनको...

एमएडब्लूले जित्यो डिलर अफ द इयर अवार्ड

एमएडब्लूले जित्यो डिलर अफ द इयर अवार्ड

वि.सं.२०८१ माघ २५ शुक्रवार १८:११

काठमाडौं । असाधारण बिक्री, बजार हिस्सा र ग्राहक सन्तुष्टि लगायतका...

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ  र प्रभु बैंक बीच सम्झौता 

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ  र प्रभु बैंक बीच सम्झौता 

वि.सं.२०८१ माघ २५ शुक्रवार १६:५९

काठमाडौं । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेड र...

ट्रम्प प्रशासनले युएसएडका अधिकांश पद कटौती गर्ने योजना बनाएको अधिकारीहरूको भनाइ   

ट्रम्प प्रशासनले युएसएडका अधिकांश पद कटौती गर्ने योजना बनाएको अधिकारीहरूको भनाइ   

वि.सं.२०८१ माघ २५ शुक्रवार १६:४७

वासिङ्टन : ट्रम्प प्रशासनले बिहीबार संयुक्त राज्य अन्तर्राष्ट्रिय विकास नियोग...

नेपाली एकल महिलाको मुद्दा राष्ट्रसङ्घीय ‘सिड’ कमिटीमा प्रवेश   

नेपाली एकल महिलाको मुद्दा राष्ट्रसङ्घीय ‘सिड’ कमिटीमा प्रवेश   

वि.सं.२०८१ माघ २५ शुक्रवार १६:४१

काठमाडौँ : संयुक्त राष्ट्रसङ्घको महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन...