back
NMB Ad

पाँच आयोजना अलपत्र पार्ने ठेकेदार कालोसूचीमा   

काठमाडौँ, १९ मङ्सिर : विभिन्न पाँच वटा निकाय अन्तर्गतका काम अलपत्र पार्ने निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखेको जनाएको हो ।
कार्यालयका अनुसार सडक विभागअन्तर्गत पुष्पलाल (मध्यपहाडी) राजमार्गको काम अलपत्र पार्ने काठमाडौँ पुतली सडकमा कार्यालय रहेको भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्धिसाई जेभीलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ ।

त्यस्तै, पुष्पलाल राजमार्ग आयोजना निर्देशनालयको फिदिम कार्यालयअन्तर्गत पर्ने मैनाचुली–सिद्धिसाई जेभीलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ । झापाको कमल गाउँपालिकाको सिफारिसमा शेर्पा–हेना–सुनामी जेभीलाई एक वर्षको लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।

त्यस्तै, धादिङको धुनीबेँसी नगरपालिकाको सिफारिसमा कास्र्याङ कन्स्ट्रक्सन एन्ड सप्लायर्सलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । जुम्लाको चन्दनाथ नगरपालिकाको काम अलपत्र पार्ने इजोन निर्माण सेवा पनि एक वर्षका लागि कालोसूचीमा परेको छ ।

वि.सं.२०८० मंसिर १९ मंगलवार १२:४१ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
गैंडाकोटमा भेस्पा/अप्रिलिया स्कुटरको नयाँ शोरूम उद्घाटन, विशेष अफर र टेस्ट ड्राइभ क्याम्प घोषणा

गैंडाकोटमा भेस्पा/अप्रिलिया स्कुटरको नयाँ शोरूम उद्घाटन, विशेष अफर र टेस्ट ड्राइभ क्याम्प घोषणा

वि.सं.२०८१ फागुन २६ सोमवार २१:२९

गैंडाकोट : नेपालका लागि भेस्पा/अप्रिलिया स्कुटरको आधिकारिक बिक्रेता डेल्टा अटोकर्प...

लोकगायक बद्री पंगेनी बने सजिलो नेटका ब्राण्ड एम्बासडर

लोकगायक बद्री पंगेनी बने सजिलो नेटका ब्राण्ड एम्बासडर

वि.सं.२०८१ फागुन २६ सोमवार २१:१६

काठमाडौं : चर्चित इन्टरनेट सेवा प्रदायक सजिलो नेट ले लोकप्रिय...

राष्ट्रिय श्रम सम्मेलनमा नाडा र सरकारबीच समझदारी: अटोमोवाइल क्षेत्रमा रोजगारी प्रवर्द्धनका लागि साझेदारी

राष्ट्रिय श्रम सम्मेलनमा नाडा र सरकारबीच समझदारी: अटोमोवाइल क्षेत्रमा रोजगारी प्रवर्द्धनका लागि साझेदारी

वि.सं.२०८१ फागुन २६ सोमवार २१:०३

काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा पाँचौं राष्ट्रिय...

क्रेष्ट माइक्रो लाइफको आइपीओमा कति पर्यो आवेदन ? यस्तो छ अन्तिम दिनसम्मको अपडेट

क्रेष्ट माइक्रो लाइफको आइपीओमा कति पर्यो आवेदन ? यस्तो छ अन्तिम दिनसम्मको अपडेट

वि.सं.२०८१ फागुन २६ सोमवार १८:०६

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा २ अर्ब ४४...

नेप्सेमा ७ अर्ब ४२ करोड बराबरको बोनस सेयर सूचिकृत

नेप्सेमा ७ अर्ब ४२ करोड बराबरको बोनस सेयर सूचिकृत

वि.सं.२०८१ फागुन २६ सोमवार १८:००

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा २०८१ माघ मसान्तसम्म ८ अर्ब...

बैंक तथा वित्तीय संस्थाको ब्याजदरमा गिरावट, कर्जाको लागत घट्ने संकेत

बैंक तथा वित्तीय संस्थाको ब्याजदरमा गिरावट, कर्जाको लागत घट्ने संकेत

वि.सं.२०८१ फागुन २६ सोमवार १७:५३

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदरमा गिरावट देखिएको छ।...