
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले महासचिव विप्लव, खड्गबहादुर विश्वकर्मा र माइला लामालगायत नेताविरुद्ध पक्राउ पुर्जी जारी भएको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
पार्टीले आज एक विज्ञप्ति जारी गर्दै ३ दिने आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
नेकपाले १९ गते साँझ मसाल जुलुस गर्ने, २० गते न्यायाधीशको पुत्ला दहन गर्ने र २१ गते देशव्यापी जनप्रदर्शन गर्ने घोषणा गरेको छ ।
वि.सं.२०८० मंसिर १९ मंगलवार १४:३७ मा प्रकाशित