काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंसिर २२ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकका अुनसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०७ पैसा र बिक्री दर १३३ रुपैयाँ ६७ पैसा रहेको छ। यस अघि अघिल्लो दिन अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०३ पैसा र बिक्री दर १३३ रुपैयाँ ६३ पैसा रहेको थियो ।
त्यसै गरी, युरो एकको खरिद दर १४३ रुपैयाँ ३२ पैसा र बिक्री दर १४३ रुपैयाँ ९७ पैसा रहेको छ।बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ४४ पैसा र बिक्री दर १६८ रुपैयाँ २० पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
वि.सं.२०८० मंसिर २२ शुक्रवार ०६:३५ मा प्रकाशित