back
NMB ad

त्रिभुवन विमानस्थलबाट १४ किलोग्राम सुनसहित दुईजना पक्राउ   

Kumari bank ad

काठमाडौँ, २२ मङ्सिर : त्रिभुवन विमानस्थल भन्सार कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलोग्राम सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।

कार्यालयको टोलीले गए राति फ्लाइ दुबईको उडान नं एफजेड–५७३ बाट आएका गोरखाका मीनबहादुर घले र अर्का एक जनालाई पक्राउ गरेको हो ।

कार्यालयका भन्सार अधिकृत रमेश कुँवरले घलेले छातीको दायाँबायाँ कपडामा बेरेर लुकाइछिपाई ल्याएको सात थान बिस्कुट आकारको १४ किलोग्राम सुनसहित (सुनजस्तो देखिने पहेलो धातु) पक्राउ गरिएको राससलाई जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले घलेको सूचनाका आधारमा थप एक जनालाई पक्राउ गरिएको बताउनुभयो ।

पक्राउ परेका घलेलाई निकासी पैठारी नियन्त्रण ऐन, २०१३ र भन्सार ऐन २०६४ अन्तर्गत भन्सार महसुल छली तथा चोरी पैठारी कसुर गरेकाले थप अनुसन्धानका लागि कार्यालय खुलेसँगै त्रिभुवन विमानस्थल कार्यालय गौचरनमा बुझाउने गरी प्रहरी प्रभाग कोटेश्वरको जिम्मा लगाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताउनुभयो ।

वि.सं.२०८० मंसिर २२ शुक्रवार ०९:५९ मा प्रकाशित

You can share this post!

६० मेगावाटको कुलेखानीमा २० मेगावाट मात्र उत्पादन   

६० मेगावाटको कुलेखानीमा २० मेगावाट मात्र उत्पादन   

वि.सं.२०८१ असार ५ बुधवार ०६:२८

हेटौँडा : मकवानपुरको इन्द्रसरोवरमा रहेको कुलेखानी जलासयको सतह घटेपछि ६०...

ग्लोबल आइएमई बैंकको नयाँ एटीएम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा

ग्लोबल आइएमई बैंकको नयाँ एटीएम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा

वि.सं.२०८१ असार ५ बुधवार ०६:२२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा...

हिमालयन बैंकले एफपीओ निष्काशन गर्ने

हिमालयन बैंकले एफपीओ निष्काशन गर्ने

वि.सं.२०८१ असार ५ बुधवार ०६:१८

काठमाडौं । हिमालयन बैंक लिमिटेडले एफपीओ निष्काशन गर्ने भएको छ...

आज ५ आषाढ २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज ५ आषाढ २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ असार ५ बुधवार ०६:११

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आजको मौसम: यी स्थानमा भारी वर्षाको चेतावनी   

आजको मौसम: यी स्थानमा भारी वर्षाको चेतावनी   

वि.सं.२०८१ असार ५ बुधवार ०६:०७

काठमाडौँ : हाल देशका पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको...

गैरसरकारी संस्थाको सहयोग नलिन संसद् सचिवालयको निर्देशन   

गैरसरकारी संस्थाको सहयोग नलिन संसद् सचिवालयको निर्देशन   

वि.सं.२०८१ असार ४ मंगलवार १७:४१

काठमाडौँ, ४ असार : सङ्घीय संसद् सचिवालयले संस्थागत जानकारी एवं...