काठमाडौं । युनिक हाइडेल कम्पनी लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । सोही प्रस्ताव सहित कम्पनीले पुस १३ गते वार्षिक साधारण सभा बोलाएको छ ।
सभा यस कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीले सभामा आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्नेछ ।
साथै, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ ।
वि.सं.२०८० मंसिर २२ शुक्रवार १०:०४ मा प्रकाशित