back
Kumari Bank

आज २३ मंसिर २०८० शनिवार, यस्तो छ आजको राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज भाग्यले विभिन्न अवसर जुराउनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । स्वास्थ्यमा सुधार आउला । शुभ कार्यको चर्चा पनि चल्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज नयाँ कार्यको योजना बन्ने वा प्राप्ति हुनेछ । सामाजिक र कूटनैतिक क्षेत्रमा सफलता मिल्नेछ । भूमिबाट पनि लाभ नै रहला ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज समाजमा हितको लागि लाभदायक छलफल हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज आफन्त र राज्यबाट मान सम्मान पाइनेछ । विद्या र बुद्धिको विकास हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । प्रविधि र सञ्चारको माध्यमबाट दैनिकी सहज हुनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शुभकार्यको चर्चा चल्नेछ । साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) निर्णायक क्षमतामा कमी आउनेछ । प्रेममा मनमुटावका साथै मनमा शङ्का उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज भाग्यले साथ दिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सफल र माइलो यात्राको योग रहेको छ । धर्मकर्ममा मन लाग्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) यात्रा गर्दा सचेत हुनुपर्नेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । नजिकका व्यक्तिबाट धोका पाइएला ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । जोशजाँगर र उमंग बढ्ला । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । मनोबल उच्च नै रहनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । आफूलाई कमजोर भएको अनुभूति पनि हुनेछ । स्वास्थ्य प्रति सजगता अपनाउन जरूरी छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । ज्यो.प. नारायणप्रसाद दुलाल

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:३५ मा प्रकाशित

You can share this post!

कालीगण्डकी नदीमा बेलिब्रिज जडान   

कालीगण्डकी नदीमा बेलिब्रिज जडान   

वि.सं.२०८२ असार ३१ मंगलवार १२:४२

मुस्ताङ : यहाँको घरपझोङ गाउँपालिका–२ र १ जोड्ने कालीगण्डकी नदीमा...

सामान्य प्रशासन मन्त्री गुप्ताले दिए राजीनामा   

सामान्य प्रशासन मन्त्री गुप्ताले दिए राजीनामा   

वि.सं.२०८२ असार ३१ मंगलवार ११:५०

काठमाडौँ :  सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट...

ऊर्जामा निजी क्षेत्रको योगदान ऐतिहासिक, तर सरकारी उदासीनता गम्भीर चुनौती: इप्पान अध्यक्ष कार्की

ऊर्जामा निजी क्षेत्रको योगदान ऐतिहासिक, तर सरकारी उदासीनता गम्भीर चुनौती: इप्पान अध्यक्ष कार्की

वि.सं.२०८२ असार ३१ मंगलवार ११:४०

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष...

थप १ करोड ४ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत

थप १ करोड ४ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८२ असार ३१ मंगलवार ११:२०

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको हकप्रद...

परराष्ट्रमन्त्रीको एक वर्षः कूटनीतिक सम्बन्धमा नयाँ आयाम थप   

परराष्ट्रमन्त्रीको एक वर्षः कूटनीतिक सम्बन्धमा नयाँ आयाम थप   

वि.सं.२०८२ असार ३१ मंगलवार ११:१३

भीष्मराज ओझा  काठमाडौँ : परराष्ट्र मन्त्रालयमा डा आरजु राणा देउवाले...

भेटायोको नयाँ अफर: सोफा सफाइ सेवा अब मात्र ६०० रुपैंयामा प्रति सिटरमा

भेटायोको नयाँ अफर: सोफा सफाइ सेवा अब मात्र ६०० रुपैंयामा प्रति सिटरमा

वि.सं.२०८२ असार ३१ मंगलवार ११:०४

काठमाडौं । अब घरमै बसेर पनि प्रोफेशनल सोफा सफाइ सेवा...