काठमाडौं । साताको पहिलो कारोबार दिन आज मंसिर २४ गते आइतबार सुनको भाउ घटेको छ । उक्त दिन सुन प्रतितोला १३०० रुपैंयाले घटेको हो ।
नेपाल सुन चाँदी ब्यावसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भएको छ भने तेजावी सुन प्रतितोला १ लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि शुक्रबार मंसिर २२ गते छापावाल सुन प्रतितोला १ लाख १८ हजार ८०० रुपैयाँमा र तेजावी सुन प्रतितोला १ लाख १८ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदी प्रतितोला ३५ रुपैंयाले घटेर १ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ४६० रुपैयाँमा कारोबार भएको थियो ।
वि.सं.२०८० मंसिर २४ आइतवार १०:४९ मा प्रकाशित