
काठमाडौं । कुमारी बैंकले मंसिरका लागि लागू गरिएको ब्याजदरमा परिमार्जन गरेको छ। बैंकले आज मंसिर २४ गतेदेखि लागू हुने गरी ब्याजदरमा परिमार्जन गर्दै घटाएको छ।
कात्तिकमा कम्पनीले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम १०.०१ प्रतिशत र संस्थागततर्फ ८.०१ प्रतिशत ब्याज दिएको थियो। सोही ब्याजदरलाई कम्पनीले मंसिर महिनामा पनि कायम राखेको थियो।
कम्पनीले अब भने व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ९.६१० प्रतिशत र संस्थागतमा ७.६१० प्रतिशत ब्याज दिने छ। कम्पनीले मुद्दति निक्षेपको ब्याजदर ०.४ प्रतिशतको विन्दुले घटाएको हो ।
यसैगरी कम्पनीले मंसिर २४ गतेदेखि लागू हुने गरी साधारण बचतको अधिकतम ब्याजदर घटाएर ६.७१० प्रतिशत कायम गरेको छ। यसअघि यस्तो ब्याजदर ७.५१० प्रतिशत थियो।
वि.सं.२०८० मंसिर २४ आइतवार १०:५९ मा प्रकाशित