काठमाडौं । बजार ६ प्रतिशतले बढेपछि आजका लागि सेयर कारोबार स्थगित भएको छ ।
आइतबार बजार खुलेदेखि नै नेप्से लगातार बढ्न थालेका थियो भने डेढ घण्टा नवित्दै ६ प्रतिशतले बढेपछि कारोबार बन्द भएको हो।
नेप्से पहिलो १ घण्टामा ४ प्रतिशत बढे २० मिनेटको लागि कारोबार बन्द हुन्छ भने, २ घण्टामा ५ प्रतिशत बढे ४० मिनेटको लागि र बजार ६ प्रतिशतले बढे दिनभरिको लागि कारोबार बन्द हुन्छ। आइतबार सूचक लगातार बढेर ६ प्रतिशत पुगेपछि कारोबार बन्द भएको हो। आइतबार जम्मा ९ मिनेट मात्रै शेयर कारोबार भएको छ।
वि.सं.२०८० मंसिर २४ आइतवार १२:१९ मा प्रकाशित