काठमाडौं । विकास हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले आईपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड(सेबोन) मा निवेदन दिएको हो ।
कम्पनीले ४४ लाख ५४ हजार ५९६ कित्ता आईपीओ निष्कासन गर्नका लागि सेबोनमा गत मंसिर १९ गते निवेदन दिएको हो ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।कम्पनीले गोरखाको धार्चे गाउँपालिकामा ४.५५ मेगावाटको माथिल्लो माछाखोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।
वि.सं.२०८० मंसिर २५ सोमवार १९:२१ मा प्रकाशित