back
NMB ad

थप चार कम्पनीले गर्यो लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

Kumari bank ad

काठमाडौं । लाभांशको सिजन चलिरहेको छ । कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । यसै बीच आज मंसिर २५ गते सोमबार थप तीन लघुवित्तसहित चार कम्पनीहरुले लाभांश घोषणा गरेका छन् ।

समता घरेलु लघुवित्त
समता घरेलु लघुवित्त वित्तीय संस्थाको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको ५.४२२२ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२८५४ प्रतिशत नगद लाभांश गरि कुल ५.७०७६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

अब उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन्।

ग्लोबल आइएमई लघुवित्त
ग्लोबल आइएमई लघुवित्त को मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद लाभांश (करप्रयोजनसमेत) वितरण गर्ने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले प्राप्त गर्न सक्नेछन् ।

आत्मनिर्भर लघुवित्त
आत्मनिर्भर लघुवित्तको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र करप्रयोजनसहित ५ प्रतिशत नगद लाभांश गरी जम्मा १५ प्रतिशत लाभांश वितगर गर्ने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले प्राप्त गर्न सक्नेछन् ।

भगवती हाइड्रोपावर

भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेडले चुक्तापूँजीको १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

सोही पस्तावसहित कम्पनीले २३ औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले पुस २४ गते काठमाडौंको नयाँ बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा बिहान १० बजे साधारणसभा बोलाएको हो ।

वि.सं.२०८० मंसिर २५ सोमवार १७:१९ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...