काठमाडौं। कुमारी बैंकले लाभांश वितरण नगर्ने घोषणा गरेको छ ।
बैंकको मंसिर २८ बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/०८० को सञ्चित मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । कम्पनीले गत आवको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने बताएको छ ।
वि.सं.२०८० मंसिर २९ शुक्रवार १०:२२ मा प्रकाशित