काठमाडौं । आदर मल्टी इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले आइपीओ जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ । सोही प्रस्ताव सहित कम्पनीले पुस २८ गते वार्षिक साधारण सभा बोलाएको हो ।
सभा का.म.पा.१४ बल्खुरोडमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले सर्वसाधारणलाई आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ।
साथै, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ ।
वि.सं.२०८० पुस २ सोमवार १२:४१ मा प्रकाशित