back
NMB ad

६९ मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत केन्द्रद्वारा जग्गा अधिग्रहण   

Kumari bank ad

तनहुँ २ पुस : तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटस्थित मस्र्याङ्दी जलविद्युत केन्द्रले बाँधको किनारमा रहेको नौ रोपनीभन्दा बढी जग्गा अधिग्रहण गरेको छ ।

६९ मेगावाट विद्युत उत्पादन क्षमता रहेको उक्त आयोजनाको बाँधले त्यस क्षेत्रका बस्ती डुबान र कटानमा परेपछि जग्गा अधिग्रहण गरी मुआब्जा दिन सुरु गरिएको हो ।

केन्द्रले नौ रोपनी दस आना दुई पैसा तीन दाम जग्गा अधिग्रहण गरी मुआव्जा बितरण गर्न थालेको केन्द्रका प्रमुख पशुपति गौतमले जानकारी दिनुभयो ।

मानवीय क्षति हुने उच्च जोखिम देखिएकाले त्यस ठाउँका सर्वसाधारणले मुआब्जा दिएर सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गर्दै आएकामा अहिले उनीहरुको माग पूरा भएको छ ।

उक्त स्थानका तेह्र जनाको जग्गा अधिग्रहणका लागि मुआब्जा निर्धारण गरिएअनुसार रु २१ करोड ७८ लाख ८५ हजार नौ सय ६७ प्रदान गरिनेछ ।

जग्गाका लागि रु सत्र करोड ८७ लाख ८६ हजार छ सय ५२ र घरटहराका लागि रु तीन करोड ९० लाख ९९ हजार तीन सय १५ वितरण गरिने केन्द्रले जनाएको छ ।

गत साउन २६ गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिको बैठकको निर्णयअनुसार यसअघि ८० प्रतिशत भन्दाबढी मुआब्जा वितरण गरिसकिएको जनाइएको छ ।

प्रतिरोपनी रु एक करोड ८४ लाख ९२ हजार ६८० का दरले जग्गाको मुआब्जा निर्धारण गरिएको जिल्लाा प्रशासन कार्यालयले जनाएको छ ।

वि.सं.२०८० पुस २ सोमवार १२:५९ मा प्रकाशित

You can share this post!

चीनबाट अनुदानस्वरूप उपलब्ध हुने सातवटा सवारी साधन स्वीकार गरिने   

चीनबाट अनुदानस्वरूप उपलब्ध हुने सातवटा सवारी साधन स्वीकार गरिने   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:४८

काठमाडौं, २८ वैशाख : मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले चीन सरकारले...

गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश   

गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:४४

काठमाडौँ, २८ वैशाख : सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज...

सरकारले विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब एक अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने   

सरकारले विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब एक अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:४०

काठमाडौँ, २८ वैशाख : सरकारले विश्व वातावरण सुविधाबाट विश्व वन्यजन्तु...

लक्ष्मी मोटर कोर्पोरेसनद्वारा नेपालमा ह्युण्डाई मोटर एसेम्बली प्लान्टको उद्घाटन

लक्ष्मी मोटर कोर्पोरेसनद्वारा नेपालमा ह्युण्डाई मोटर एसेम्बली प्लान्टको उद्घाटन

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:३६

काठमाडौं । ह्युण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलको मुख्य कम्पनी...

ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान

ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १७:४१

काठमाडौं :  ज्योति विकास बैंकले लामो समयसम्म सेवारत कर्मचारीहरूलाई अनुकरणीय...

केबुलकारका स्रष्टाबारेको किताब सार्वजनिक

केबुलकारका स्रष्टाबारेको किताब सार्वजनिक

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १७:३५

काठमाडौं : नेपालमा केबुलकार भित्र्याउने उद्यमी लक्ष्मणबाबु श्रेष्ठबारेको पुस्तक शुक्रबार...