back
NMB ad

मेलम्ची खानेपानी तत्काल वितरण नभए आन्दोलन गर्ने चेतावनी

Kumari bank ad

काठमाडौं । काठमाडौं उपत्यका मेलम्ची खानेपानी संघर्ष समितिले तत्काल मेलम्चीको पानी वितरणको ब्यवस्था गर्न माग गरेको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले आफूहरुको माग तत्काल पूरा नभए आन्दोलन सशक्त बनाउने चेतावनी दिएको हो ।

संघर्ष समितिका संयोजक गोविन्दराज पन्तले संघर्ष समितिको सकारात्मक भूमिकालाई कमजोरीको रुपमा नलिन आग्रह गरे । उनले स्थानीय जनताको कुनै अवरोध नहुँदा नहुँदै पनि त्यसैलाई वाहना बनाइएको बताए । विभागीय मन्त्री महिन्द्रा राय यादवले मुहानमा पुगेर सात दिनमै पानी आउँछ भनी संघर्ष समिति समक्ष प्रतिवद्धता जनाएको तीन हप्ता वित्दा पनि पानी नआएको उनको भनाइ छ ।

साथै, हिजो मेलम्ची खानेपानीको सन्दर्भमा सरकारी निकायबाट जारी भएको विज्ञप्तिमा विश्वास गर्न सकिने आधार नरहेको उनले बताए । संघर्ष समितिले गत पुस २ गते गरेको विशाल जनप्रदर्शनबाट तर्सिएर हिजो सरकारले विज्ञप्ति जारी गरेको उनको दाबी छ । वर्तमान अवस्थामा पानी छाड्न २८ दिन लाग्ने परिस्थिति नरहेको उनले बताए । संघर्ष समितिको आन्दोलनलाई कमजोर बनाउने उद्देश्यले आउने विज्ञप्ति आफूहरुलाई स्वीकार्य नहुने उनले बताए ।

उनले संघर्ष समितिका माग पूर्ण रुपमा पूरा नभएसम्म आन्दोलन जारी रहने पनि बताए । अहिले बनेको उपत्यका संघर्ष समिति मेलम्चीको लागिमात्रै नभएर आगामी दिनमा आउने खानेपानी समस्या समाधान गर्नका लागि आफूहरु लागिरहने उनको भनाइ छ ।

वि.सं.२०८० पुस ४ बुधवार १७:०९ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:५६

काठमाडौँ, ३ जेठ: हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष...

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१२

काठमाडौँ :  विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा...

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...