काठमाडौं । मौलाकाली केबलकार लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। सोही प्रस्तावसहित कम्पनीले आगामी पुस २७ गते शुक्रबार सातौं वार्षिक साधारणसभामा बोलाएको हो ।सभा कम्पनीको रजिष्टर्ड कार्यालय गैंडाकोट, नवलपरासीमा विहान ९ बजेदेखि सुरु हुनेछ ।
साधारण सभाले गत आर्थिक वर्ष २०७९/०८० को वासलात, नाफानोक्सान हिसाव, नगद प्रवाह विवरणसहितको लेखापरीक्षकको प्रतिवेदनमा छलफल गरि पारित गर्नेछ ।
यसैगरी, सोही सभामा नगद लाभांश वितरण, सञ्चालक समिति चयन तथा लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव पनि रहेको छ ।
वि.सं.२०८० पुस ५ बिहीवार १३:१६ मा प्रकाशित