काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र ०.५२ नगद लाभांश (कर प्रयोजन) गरी जम्मा १०.५२ प्रतिशत लाभांश घोषणा गरेको हो ।
कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुनेछ । साथै, कम्पनीले लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ ।
सभा प्रयोजनको लागि पुस १८ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, पुस १७ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।
वि.सं.२०८० पुस ८ आइतवार १०:४३ मा प्रकाशित