काठमाडौं । रिडी पावर कम्पनीले लाभांश नदिने भएको छ । गत पुस ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरेको हो ।
कम्पनीले पुस २८ गते बार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि पुस १७ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, पुस १६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।
वि.सं.२०८० पुस ८ आइतवार ११:३६ मा प्रकाशित