back
NMB Ad

टेलिकमकोे रुकुम पूर्वमा एफटीटीएच प्रविधिमार्फत एनटी फाइबर सेवा उपलब्ध

काठमाडौं । नेपाल टेलिकमले रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा एफटीटीएच (फाइबर टु द होम) प्रविधिमार्फत एनटी फाइबर सेवा उपलब्ध गराउन तयारी अवस्थामा रहेको छ । मंसिर ८ गतेदेखि उक्त स्थानमा परीक्षण सेवा प्रारम्भ भएको छ । अब अन्तिम प्राविधिक परीक्षण पश्चात छिट्टै ग्राहकहरुमा समेत सेवाको सुरुवात गरिने छ ।

यसका लागि रुकुमकोटमा दुई वटा एफडीसी (फाइबर डिस्ट्रिब्युसन क्याबिनेट) मार्फत १०२४ लाइन क्षमताको नेटवर्क तयार गरिएको छ । अब रुकुमकोटमा एनटी फाइबर सेवामार्फत तीव्र गतिको डाटा, भ्वाइस र आईपीटीभी सेवा उपलब्ध गराउन सकिने छ । हाल रुकुमकोटमा रहेका करिव दुई सय सेवाग्राहीलाई पनि एफटीटीएच प्रविधिमा रुपान्तरण गरी थप ग्राहकलाई समेत गुणस्तरीय सेवा उपलब्ध गराइने छ ।

यससँगै एफटीटीएच प्रविधिमार्फत एनटी फाइबर उपलब्ध भएका जिल्लाको संख्या ७४ पुगेको छ । अब डोल्पा, मुगु र हुम्लामा मात्र यो सेवा पुग्न बाँकी छ । यी जिल्लामा पनि क्रमशः सेवा विस्तार गर्ने कम्पनीको योजना छ ।

एफटीटीएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पु¥याई ट्रिपल प्ले अर्थात भ्वाइस, उच्च गतिको इन्टरनेट र आईपीटीभी सेवा प्रदान गर्न सकिने भएकोले ग्राहकका लागि यो सेवा प्रभावकारी र उपयोगी छ । कम्पनीले यो सेवालाई ‘एनटी फाइबर’ को नाममा ब्रान्डिङ गरेको छ ।

नेपाल टेलिकमले एनटी फाइबर अन्तर्गत व्यक्तिगत र कर्पोरेट युजरका लागि विभिन्न प्याकेज समेत उपलब्ध गराइरहेको छ ।

वि.सं.२०८० पुस ९ सोमवार १५:१६ मा प्रकाशित

You can share this post!

एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ चैत १४ बिहीवार ०६:४१

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज...

नेपालको अर्थतन्त्रमा ५.१ प्रतिशत वृद्धि: यातायात, निर्माण र कृषि क्षेत्र प्रमुख योगदानकर्ता

नेपालको अर्थतन्त्रमा ५.१ प्रतिशत वृद्धि: यातायात, निर्माण र कृषि क्षेत्र प्रमुख योगदानकर्ता

वि.सं.२०८१ चैत १४ बिहीवार ०६:३३

काठमाडौँ : चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिकमा पाँच...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर   

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर   

वि.सं.२०८१ चैत १४ बिहीवार ०६:२५

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर...

आज १४ चैत्र २०८१ बिहिवार, कुन राशिको कस्तो रहला ?

आज १४ चैत्र २०८१ बिहिवार, कुन राशिको कस्तो रहला ?

वि.सं.२०८१ चैत १४ बिहीवार ०६:२०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

बिहीबारदेखि ‘एडभान्स फन्सनल मटेरियल्स’ सम्बन्धी दोस्रो अन्तरराष्ट्रिय वैज्ञानिक सम्मेलन   

बिहीबारदेखि ‘एडभान्स फन्सनल मटेरियल्स’ सम्बन्धी दोस्रो अन्तरराष्ट्रिय वैज्ञानिक सम्मेलन   

वि.सं.२०८१ चैत १३ बुधवार २०:४८

काठमाडौँ : नेपालमा ‘एडभान्स फन्सनल मटेरियल्स’ सम्बन्धी दोस्रो अन्तरराष्ट्रिय वैज्ञानिक...

काँकरभिट्टा नाकाबाट करिब १२ अर्ब ७४ करोडको पेट्रोलियम पदार्थको आयात   

काँकरभिट्टा नाकाबाट करिब १२ अर्ब ७४ करोडको पेट्रोलियम पदार्थको आयात   

वि.सं.२०८१ चैत १३ बुधवार २०:४५

भद्रपुर (झापा) : चालु आर्थिक वर्षको आठ महिनामा पूर्वी नाका...