काठमाडौं । दक्षिण कोरियामा रोजगारीमा जाने भाषा परीक्षाको लागि अहिलेसम्मकै सर्वाधिक आवेदन परेको छ।
पुस २ गतेदेखि ६ गतेसम्मको अवधिमा १ लाख ४३ हजारभन्दा बढीले आवेदन दिएको ईपीएस शाखाले जनाएको छ। यो आवेदन हालसम्मकै उच्च हो ।
वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले उक्त भाषा परीक्षाका लागि गत पुस २ गते आवेदन माग गरेको थियो।
दक्षिण कोरिया सरकारले उत्पादनमूलक क्षेत्रका लागि सन् २०२४ मा नेपालबाट १५ हजार ८४८ नेपाली रोजगारीका लागि लैजाने भएको छ ।
वि.सं.२०८० पुस १० मंगलवार ०७:४१ मा प्रकाशित