काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले सिंगटी हाइड्रो इनर्जी लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई १ः१ अनुपातमा १ करोड ४५ लाख कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो ।
अब कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा हकप्रद बिक्री गर्नछ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ ।
वि.सं.२०८० पुस १२ बिहीवार ११:४३ मा प्रकाशित