back
NMB ad

भोलीदेखि अपर तामाकोशीको १ करोड ७० लाख कित्ता सेयर लिलामी खुल्ने, प्रतिकित्ता कति ?

Kumari bank ad

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले भोली पुस १३ गते शुक्रबारदेखि १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामीमा बिक्री खुला गर्ने भएको छ ।

यसमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद पुस २९ गतेसम्म रहेको छ ।

यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल र नागरिक लगानी कोषले गर्नेछन् । कम्पनीले यसअघि गत भदौ १८ देखि असोज २२ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । जसमध्ये सर्वसाधारण समूहलाई छुट्याईएको ५ करोड १८ लाख १९ हजार कित्ता सेयरमा ३ करोड ४८ लाख ७१ हजार ४७० कित्तामा मात्र आवेदन परेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याउन लागेको हो ।

लिलामी सेयरमा आवेदन दिन बिक्री प्रवन्धक नागरिक लगानी कोष र सनराइज क्यापिटलको कार्यालयमा आवेदन फारम लिन र फारम भरेपछि सोही कार्यालयमा बुझाउन सकिने छ ।

वि.सं.२०८० पुस १२ बिहीवार ११:५० मा प्रकाशित

You can share this post!

कुमारी बैंकका ग्राहकलाई निको बाल अस्पतालमा विशेष छुट

कुमारी बैंकका ग्राहकलाई निको बाल अस्पतालमा विशेष छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १०:०७

काठमाडौं । कुमारी बैंक लिमिटेड र भरतपुर, चितवन स्थित निको...

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३७

काठमाडौँ : विश्व बैङ्कले नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयनको गति मध्यम...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३१

काठमाडौँ, १ वैशाखः हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै...

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:२५

काठमाडौँ, १ जेठ : सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को...

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस्  आजको राशिफल

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:१०

माले, ३१ वैशाख : माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत...