back
NMB ad

नेप्सेमा छ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन, प्रतिकित्ता कुनको कति तोक्यो ?

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार छ  कम्पनीको मूल्य समायोजन गरेको छ ।

राधी विद्युत कम्पनीको ४.७५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता २२८ रुपैंया ६४ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार २३९ रुपैंया ५० पैसाका आधारमा मूल्य समायोजन गरेको छ ।

आत्मनिर्भर लघुवित्तको १० प्रतिशत बोनस सेयरपछि प्रतिइकाई १ हजार ६५९ रूपैयाँ ९ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीलबारको अन्तिम कारोबार मूल्य १ हजार ८२५ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ ।

त्यसैगरी, सपोर्ट माइक्रोफाइनान्स लघुवित्तको १३ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई ९५५ रुपैंया ७५ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार१ हजार ८० रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ ।

घोराही सिमेन्ट इन्डस्ट्रीको १५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ५०२ रुपैंया ६१ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार ५७८ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ ।

साना किसान लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ८८८ रुपैंया ३२ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार १ हजार १४ रुपैंया ९० पैसाका आधारमा मूल्य समायोजन गरेको छ ।

हिमालयन डिस्टीलरीको १० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता १ हजार ७२५ रुपैंया ४५ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार १ हजार ८९८ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै आइतबार सेयरबजारमा कारोबार खुल्नेछ ।

वि.सं.२०८० पुस १२ बिहीवार १६:२३ मा प्रकाशित

You can share this post!

भारतमा आँधीका कारण १४ जनाको मृत्यु   

भारतमा आँधीका कारण १४ जनाको मृत्यु   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:२९

नयाँदिल्ली, १ जेठ : भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा सोमबार राति...

मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम पारित   

मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम पारित   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:२५

काठमाडौँ, १ जेठः सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम...

कांग्रेसले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने   

कांग्रेसले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:१४

काठमाडौँ, १ जेठः प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सङ्घीय संसद्मा नेपाल...

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान शुरु

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान शुरु

वि.सं.२०८१ जेठ १ मंगलवार ११:५६

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि...

गणतन्त्र दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन   

गणतन्त्र दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन   

वि.सं.२०८१ जेठ १ मंगलवार ११:४९

काठमाडौँ, १ जेठः सरकारले ‘गणतन्त्र दिवस’ लाई भव्यरूपमा मनाउन ‘गणतन्त्र...

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ जेठ १ मंगलवार १०:५७

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ घटेको छ...