back
NMB ad

बालकुमारीमा गोली चलाउन आदेश दिने सुरक्षा अधिकारी निलम्बित   

Kumari bank ad

काठमाडौँ, १४ पुस : सरकारले ललितपुरको बालकुमारीमा शुक्रबार भौतिक तथा मानवीय क्षति हुने गरी भएको घटनामा लापरबाही गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अन्य विकल्पहरुको प्रयोेग नगरी गोली चलाउन आदेश दिने प्रहरी अधिकारीलाई छानबिन पूरा नभएसम्म निलम्बन गरिएको जानकारी दिनुभयो ।

संयुक्त टे«ड युनियन समन्वय केन्द्र (जेटियुसिसी)को छैटौँ राष्ट्रिय टे«ड युनियन सम्मेलनलाई आज यहाँ सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले रोजगार अनुमति प्रणाली (इपिएस) कोरिया शाखाका प्रमुख र सुरक्षा अवस्थाको विश्लेषण नगरी सो क्षेत्र हुँदै भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वाला सवार सवारी साधन लैजाने सुरक्षाकर्मीलाई पनि निलम्बन गरिएको बताउनुभयो । प्रधानमन्त्रीसँगको परामर्शपछि उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा उनीहरुलाई निलम्बन गरिएको हो ।

ललितपुरको बालकुमारीमा शुक्रबार भएको उक्त घटनामा दुईजनाको ज्यान गएको थियो भने मन्त्री ज्वाला सवार सवारी साधनमा आगजनी भएको थियो । कोरियाली भाषा परीक्षाबाट आफूहरुलाई वञ्चित गरिएको भन्दै केही युवाले प्रदर्शन गरेका थिए । प्रदर्शनले हिंसात्मक रुप लिएपछि जनधनको क्षति भएको थियो ।

प्रधानमन्त्रीले सो घटनामा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न आजै मन्त्रिपरिषद्को बैठक बोलाइएको बताउनुभयो ।

प्रधानमन्त्रीले आज बिहान उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठ, गृहसचिव दिनेश भट्टराईलगायत सुरक्षा अङ्गका प्रमुखसँग सो घटनाका बारेमा जानकारी लिनुभएको थियो । प्रधानमन्त्रीले सत्ता साझेदार दलसँग पनि उक्त घटनाका सम्बन्धमा छलफल गरिएको जानकारी दिनुभयो ।

वि.सं.२०८० पुस १४ शनिवार १३:३८ मा प्रकाशित

You can share this post!

गिरीबन्धुका चिया मजदूरले पाएनन् पारिश्रमिक   

गिरीबन्धुका चिया मजदूरले पाएनन् पारिश्रमिक   

वि.सं.२०८१ जेठ १ मंगलवार १४:३८

झापा, १ जेठः विर्तामोडस्थित गिरीबन्धु टी–स्टेटका मजदूरहरुले तीन महिनादेखि पारिश्रमिक...

चालु आर्थिक वर्षको दश महिनामा ६० प्रतिशत बजेट खर्च   

चालु आर्थिक वर्षको दश महिनामा ६० प्रतिशत बजेट खर्च   

वि.सं.२०८१ जेठ १ मंगलवार १४:०५

काठमाडौँ, १ जेठः चालु आर्थिक वर्षको १० महिनामा सरकारको बजेट...

धितोपत्र व्यवसायीको कमिसन घट्यो, आजबाट लागू हुने   

धितोपत्र व्यवसायीको कमिसन घट्यो, आजबाट लागू हुने   

वि.सं.२०८१ जेठ १ मंगलवार १३:५९

काठमाडौँ, १ जेठः नेपाल धितोपत्र बोर्डले आजबाट लागू हुनेगरी धितोपत्र...

भारतमा आँधीका कारण १४ जनाको मृत्यु   

भारतमा आँधीका कारण १४ जनाको मृत्यु   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:२९

नयाँदिल्ली, १ जेठ : भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा सोमबार राति...

मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम पारित   

मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम पारित   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:२५

काठमाडौँ, १ जेठः सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम...

कांग्रेसले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने   

कांग्रेसले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:१४

काठमाडौँ, १ जेठः प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सङ्घीय संसद्मा नेपाल...