back
Kumari Bank

त्रिविको विज्ञापन सच्याउन प्रधानमन्त्रीको निर्देशन   

Nepal Bank

काठमाडौँ, २० पुस : प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिका लागि प्रकाशित गरेको विज्ञापनमा उल्लेखित प्रावधान सच्चाएर पुनः प्रकाशित गर्न निर्देशन दिनुभएको छ ।

शुक्रबार दिउँसो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति अशोककुमार राईलाई कार्यकक्षमा बोलाएर प्रधानमन्त्री दाहालले सो विज्ञापन सच्चाउन निर्देशन दिनुभएको हो । प्रधानमन्त्रीले आफूले विश्वविद्यालयको सुधारका निम्ति संसारभर रहेका नेपालीमध्येबाट योग्य मान्छे आओस् भनेर खुला प्रतिस्पर्धा गराउन खोजेको स्मरण गराउनुभयो ।

विश्वविद्यालयले आज प्रकाशित गरेको विज्ञापनले योग्य मान्छेहरू छनोटमा ढोका बन्द हुनसक्ने भन्दै प्रधानमन्त्री दाहालले त्यस्तो त्रुटिपूर्ण प्रावधान सच्चाएर अर्को विज्ञापन निकाल्न निर्देशन दिनुभएको हो ।

शुक्रबार छनोट तथा सिफारिस समितिका तर्फबाट प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेश गर्नुपर्ने उल्लेख थियो । सोही सम्बन्धमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै प्रधानमन्त्रीले पदाधिकारीमा तीन वर्षे अनुभवको प्रावधान हटाउन निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यस्तो प्रावधानले पूर्वपदाधिकारीहरू मात्रै प्रतिस्पर्धाका निम्ति योग्य हुने र अन्य योग्यलाई अयोग्य बनाउनेप्रति आफ्नो चासो रहेको भन्दै प्रधानमन्त्रीले सक्षम र योग्य मान्छे आउने बाटो सम्पूर्णरूपले खुला गरी अर्को विज्ञापन प्रकाशित गर्न मन्त्रालयमार्फत समितिलाई निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्रीले स्वदेश तथा विदेशमा रहेको जोकोही योग्य प्राज्ञिक नेपालीले दरखास्त हाल्नसक्ने गरी फराकिलो मापदण्ड नबनाए विश्वविद्यालय सुधार कठिन भएकाले उच्च शिक्षाको गुणात्मक सुधारका निम्ति गम्भीर हुन पनि शिक्षामन्त्रीलाई निर्देशन दिनुभएको छ ।

वि.सं.२०८० पुस २१ शनिवार ०७:०४ मा प्रकाशित

You can share this post!

गण्डकी प्रदेश विद्युत विधेयकमा इप्पान : विधेयक राजस्व केन्द्रित भयो, रोयल्टीको कुरा संविधान अनुसार हुनुपर्छ

गण्डकी प्रदेश विद्युत विधेयकमा इप्पान : विधेयक राजस्व केन्द्रित भयो, रोयल्टीको कुरा संविधान अनुसार हुनुपर्छ

वि.सं.२०८२ असार २४ मंगलवार २१:००

काठमाडौं । गण्डकी प्रदेशको प्रस्तावित विद्युत् विधेयकमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको...

७० औं वार्षिकोत्सवमा यामाहाद्वारा राष्ट्रव्यापी एक्सचेन्ज अफर, ग्राहकलाई नगद छुटदेखि शून्य ब्याज EMIसम्मको सुविधा

७० औं वार्षिकोत्सवमा यामाहाद्वारा राष्ट्रव्यापी एक्सचेन्ज अफर, ग्राहकलाई नगद छुटदेखि शून्य ब्याज EMIसम्मको सुविधा

वि.सं.२०८२ असार २४ मंगलवार २०:५५

काठमाडौं : जापानी मोटरसाइकल निर्माता यामाहाको नेपालस्थित आधिकारिक वितरक एमएडब्लू...

नेपाल एसबिआई बैंकको ३२औं वार्षिकोत्सव सम्पन्न

नेपाल एसबिआई बैंकको ३२औं वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ असार २४ मंगलवार २०:४१

काठमाडौं : नेपाल एसबिआई बैंक लिमिटेडले यही जुलाई ७ (असार...

प्रधानमन्त्री ओलीबाट रसुुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन   

प्रधानमन्त्री ओलीबाट रसुुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन   

वि.सं.२०८२ असार २४ मंगलवार २०:३३

काठमाडौँ  : प्रधानमन्त्री केपी शर्मा ओली रसुवास्थित भोटेकोशी नदीमा आएको...

बीमा प्राधिकरणको ‘बीमा नीति’ सार्वजनिक, बीमाको पहुँच, पारदर्शिता र प्रविधि सुदृढीकरणमा केन्द्रित

बीमा प्राधिकरणको ‘बीमा नीति’ सार्वजनिक, बीमाको पहुँच, पारदर्शिता र प्रविधि सुदृढीकरणमा केन्द्रित

वि.सं.२०८२ असार २४ मंगलवार १८:१८

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आर्थिक वर्ष २०८२/८३ का लागि...

विद्युत् प्राधिकरणले अगाडि बढायो ९६० मेगावाटको सौर्य परियोजना, २० अर्बको ऋणपत्र निष्कासनको तयारी

विद्युत् प्राधिकरणले अगाडि बढायो ९६० मेगावाटको सौर्य परियोजना, २० अर्बको ऋणपत्र निष्कासनको तयारी

वि.सं.२०८२ असार २४ मंगलवार १८:०१

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले ऊर्जा मिश्रण अवधारणाअन्तर्गत ९६० मेगावाट...