जनकपुरधाम । सर्लाहीको बरहथवा नगरपालिका ५ मा झडपपछि प्रशासनले लगाएको कर्फ्यूको समय २४ घण्टा थप गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले हिजो बेलुका साढे ५ बजेदेखि आज विहान ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेको थियो । उक्त समयलाई बढाएर भोली विहान ८ बजे पुर्याएको प्रमुख जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।
सूचनामा भनिएको छ, ‘सम्भावित जोखिमलाई मध्यनजर गर्दै भोली विहान विहान ८ बजेसम्म कुनै किसिमको भेला हुन, बाहिर हिडडुल गर्न तथा राजनीतिक सभा तथा गतिविधि गर्न नपाउने गरी निषेधाज्ञा आदेश जारी गरिएको छ ।’
आदेशको उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले नियन्त्रणमा लिएर कानून बमोजिम कारवाही गरिने चेतावनी पनि दिएको छ ।
वि.सं.२०८० पुस २१ शनिवार ०९:४७ मा प्रकाशित