back
NMB ad

दक्षिण कोरियाको सीमावर्ती टापुका बासिन्दालाई घरभित्रै बस्न निर्देशन   

Kumari bank ad

सियोल, २२ पुस : दक्षिण कोरियाको सीमावर्ती टापु योन्प्योङमा उत्तर कोरियाले लगातार तेस्रो दिन ‘प्रत्यक्ष युद्धभ्यास’ गरिरहेको अधिकारीलाई उद्धृत गरी दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छन् ।

उत्तर कोरियाले योन्प्योङ र बाङ्न्योङ नजिकै २०० भन्दा बढी तोपको गोला प्रहार गरेपछि प्योङयाङले सीमा नजिकका दक्षिण कोरियाली दुई टापुका बासिन्दालाई शुक्रबार वस्ती खाली गर्न आदेश दिइएको थियो ।

दक्षिण कोरियाका ज्वाइन्ट चिफ अफ स्टाफले सन् २०१८ मा तनाव कम गर्ने सम्झौताअन्तर्गत बनेको मध्यवर्ती क्षेत्रमा गोला खसेको बताएका थिए । गत नोभेम्बरमा उत्तर कोरियाले जासुसी उपग्रह प्रक्षेपण गरेपछि उक्त सम्झौता टुटेको थियो ।

दक्षिण कोरियाको सीमावर्ती टापु योन्प्योङले उत्तर कोरियाले लगातार तेस्रो दिन समुद्री सीमा नजिक ‘लाइभ फायर ड्रिल’ गरिरहेका बेला त्यहाँका बासिन्दालाई आइतबार घरभित्रै बस्न चेतावनी दिएको स्थानीय अधिकारीले एएफपीलाई बताएका छन् ।

“अहिले उत्तर कोरियाली सेनाले गोली चलाएको आवाज सुनिएको छ”, सबै बासिन्दालाई पठाइएको सन्देशमा भनिएको छ, “बासिन्दाहरूलाई बाहिरी गतिविधिहरूबारे सावधान रहन आग्रह गरिन्छ ।”

–उत्तर कोरियाली नेता किमकी बहिनीद्वारा युद्धभ्यास नगरिएको दावी–

उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनीले प्योङयाङले एक दिनअघि आफ्नो सीमानजिकै दर्जनौं राउन्ड गोली चलाएको भन्ने सियोलको दाबीको खण्डन गर्नुभएको छ ।

“हाम्रो (उत्तर कोरियाली) सेनाले सामुद्रिक क्षेत्रमा एउटा पनि गोला प्रहार गरेको छैन,” किम यो जोङलाई उद्धृत गरी उत्तर कोरियाली समाचार संस्था (केसीएनए) ले बताएको छ ।

किमले आफ्नो देशको सेनाले ६० पटक गोली चलेको आवाजको नक्कल गर्दै सामान्य विस्फोटक पदार्थ विस्फोट गराएको र दक्षिण कोरियाली सेनाको प्रतिक्रिया हेरेको दाबी गर्नुभएको छ ।

“हामीले अपेक्षा गरेजस्तै नतिजा आयो”, उहाँले भन्नुभयो, “उनीहरूले विष्फोटक पदार्थको आवाजलाई गोलीको रूपमा गलत अनुमान गरे, यो तोपखानाको गोली हो भन्ने ठाने र निर्लज्जतापूर्वक झूट बोले ।”

“भविष्यमा, उनीहरूले उत्तरी आकाशमा गर्जनको आवाजलाई पनि हाम्रो सेनाको तोपखाना फायरको रूपमा गलत अनुमान गर्नेछन्,” उहाँले भन्नुभयो ।

गत वर्ष उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो देशको संविधानलाई आणविक शक्तिको दर्जा दिएको र धेरै उन्नत आइसिबीएमको परीक्षण गरेपछि दुई कोरियाबीचको सम्बन्ध दशकौंयताकै सबैभन्दा तल्लो बिन्दुमा पुगेको छ ।

प्योङयाङको यस वर्षको अन्त्यमा भएको नीतिगत बैठकमा किमले दक्षिण कोरियामाथि आणविक आक्रमणको धम्की दिँदै सशस्त्र द्वन्द्वअघि आफ्नो देशको सैन्य शस्त्रागार निर्माण गर्न आह्वान गर्नुभएको थियो ।

वि.सं.२०८० पुस २२ आइतवार १६:४० मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...