back
NMB ad

ईङ्वा हाइड्रोपावरको साधारण सभा सम्पन्न

Kumari bank ad

काठमाडौं । ईङ्वा हाइड्रोपावर लिमिटेडले आफ्नो १४ औं वार्षिक साधारणसभा आज (पुस २२ गते ) कम्पनीकी अध्यक्ष सुमित्रा देबी न्यौपानेको अध्यक्षतामा सम्पन्न गरेको छ।

थापागाउँ स्थित बानेश्वर ब्याङ्क्वेटमा सम्पन्न साधारणसभाले कम्पनीको आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गर्दै पारित गरेको हो।

अर्को प्रस्तावहरुमा लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्नुका साथै यस आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षक नियुक्ति गर्दै सोको पारिश्रमिक निर्धारण पनि गरेको छ।

तेस्तै सर्वसाधारण सेयरधनीको तर्फबाट संचालकमा इन्द्र मणि त्रिताल र भेजप्रसाद तिमिल्सीना निर्वाचित भएका छन्।

कम्पनीले साधारणसभा प्रयोजनार्थ पुस १३ गते एक दिन बुक क्लोज गरेको थियो। यस हाइड्रोपावर कम्पनीले वैशाख १३ गतेदेखि सर्वसाधारणका लागि १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता बराबरको आइपीओ बिक्री खुला गरेको हो।

कम्पनीले प्रबर्धन गरिरहेको ९.७ मेगावाटको ईङवा खोला साना जलविद्युत आयोजना यस कम्पनीको मुख्य जलविद्युत परियोजना हो।

वि.सं.२०८० पुस २२ आइतवार १९:२८ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...