back
NMB ad

नेपालमै पहिलोपटक ‘पेपरलेस भिजिटिङ्ग कार्ड’ को सुरुवात, यस्ता छन् बिशेषता

Kumari bank ad

काठमाडौं । नेपालमै पहिलोपटक Near-field communication (NFC) डिजिटल कार्डको सुरुवात भएको छ । विश्वमा फड्को मारिरहेको प्रविधिको युगलाई आत्मसाथ गर्दै नेपालमा पनि NFC डिजिटल भिजिटिङ्ग कार्ड भित्रिएको हो । यो एक ‘पेपरलेस भिजिटिङ्ग कार्ड’ हो ।

चिप प्रविधिमा आधारित कार्डमा एटिएम कार्डमा जस्तै रहने चिपमा व्यक्ति वा कम्पनीको सम्पूर्ण विवरणहरु राखिएको हुन्छ । यसलाई आफुले बिभिन्न बैंकहरुको एटिएम कार्ड बोकेझै गरी लिएर हिड्न मिल्ने हुन्छ । जस्ले गर्दा प्रयोगकर्ताको आफ्नो जानकारीहरु सजिलै सगै अन्य व्यक्तिहरुलाई दिन सकिन्छ र मोवाईल नम्बर, ईमेल र अन्य जानकारीहरु सजिलो र बिना झन्झटीलो तरिकाबाट दिन सकिन्छ । जुन चिपको माध्यमबाट कार्डलाई मोवाइल ‘टच’ र वा क्यामरामा ‘स्क्यान’ गरिसकेपछि सिधै मोवाइल फोनको ‘कन्ट्याक लिष्टमा सेभ गर्न सकिन्छ ।

बिकसित मुलुकहरुमा सन् २००० मा यो कार्ड प्रयोगमा आएको भएतापनि हाल दुई युवा दिवाकर अर्याल र सरोज बानियाँले इभाज कार्ड प्रा.लि. मार्फत नेपालमा भित्राएका हुन् । बानियाँ र अर्याल दुबै युवा व्यवसायी एवं सामाजिक अभियान्ता हुन् । अर्याल यस कम्पनीको अध्यक्ष र बानियाँ प्रबन्ध निर्देशक हुन् । कम्पनीको सिईओ वंगलादेशका अबुल हसनत आईटीमा दख्खल राख्छन् । कम्पनी वा व्यक्तिले यसमा राखिएका व्यक्तिगत विवरणहरु आफूले चाहेको समयमा ‘इडिट’ गर्न सकिनु यस कार्डको मुख्य विशेषता हो ।

व्यक्तिगत र कम्पनीको छुट्टाछुट्टा भिजिटिङ्ग कार्ड, अनलाईन र अफलाईन दुबैमा प्रयोग गर्न मिल्ने, प्रिमियर क्वालिटी, एकपटक प्रिन्ट गरिसकेपछि सधैका लागि हुने, व्यक्तिगत नाम ‘ईम्बोस’ प्रिन्ट हुने लगायतका अन्य थुप्रै बिशेषता रहेका छन् । यसका साथै कम्पनी वा बिजनेश प्रमोसनका लागि विभिन्न सामाजिक सञ्जालमार्फत गुगल ‘रिभ्यू’ कार्ड र फलोअर्स कार्डको पनि सुरुवात गरेको छ । जसले आफ्नो कम्पनी वा व्यवसायको बारेमा कार्ड स्क्यान गरेर ‘रिभ्यू’ दिन सकिने कम्पनीले जनाएको छ ।

कार्डको सफ्टवेयर ए.आई. प्रविधिमा निर्माण गरिएको, प्रयोगकर्ताका लागि आफ्नो छुट्टै ड्यासबोर्ड हुने, आफुले चाहेको बेलामा अपडेट तथा डिलिट गर्न मिल्नेहुन्छ । यसको डाटाहरुलाई सुरक्षित गर्नका लागि सबै सुरक्षा प्रविधिहरु अपनाईएकोले डाटा हराउने तथा दुरुप्रयोगको जोखिम नहुने’ कम्पनीका प्रवन्ध निर्देशक बानियाँले जानकारी दिए ।

चर्को मुल्य तिरेर बर्षेनी भिजिटिङ्ग कार्ड छाप्ने झन्झटमा मुक्ती पाउनका लागि यो कार्ड बहुउपयोगी हुने कम्पनीका अध्यक्ष अर्यालले बताए । उनले भने, ‘यो कार्ड एकपटक छापिसकेपछि पुनः छाप्ने झन्झट नहुने, खर्चिलो नहुने र कागजको कार्डले वातावरणमा समेत असर पुर्‍याएको हुँदा यो कार्ड वातावरण मैत्री समेत छ ।’

कार्डको सुरुवाती मूल्य ४ हजार राखिएको छ । जसमा कम्पनीले आकर्षक कार्ड बक्स सहित कार्ड उपलब्ध गराउने छ ।

वि.सं.२०८० पुस २२ आइतवार १९:२३ मा प्रकाशित

You can share this post!

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:१७

मलेखु (धादिङ), १७ वैशाख : सडक खनेको चार दशकपछि धादिङको...

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उछाल, कुन सूचक कस्ता छन् ?

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उछाल, कुन सूचक कस्ता छन् ?

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:०८

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको...

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत, ब्रान्ड म्यानेजर  

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत, ब्रान्ड म्यानेजर  

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:४९

काठमाडौं । प्रिमियर स्टिलका उत्पादनहरूलाई चौथो हिमालयन हाइड्रो एक्स्पोमा ग्राहकहरूले...

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:४१

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउमा गिरावट आएको...

तातो हावाको लहर अझै बढ्ने, यस्तो छ मौसम पूर्वानुमान   

तातो हावाको लहर अझै बढ्ने, यस्तो छ मौसम पूर्वानुमान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:३३

काठमाडौँ, १७ वैशाख : विगत केही दिनदेखि देशका अधिकांश भू–भागको...

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल ग्रीन आवास कर्जा’, स्थिर ब्याज दरमा १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल ग्रीन आवास कर्जा’, स्थिर ब्याज दरमा १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:२७

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा...