back
NMB ad

बचतकर्ताको एक अर्ब २१ करोड हिनामिना गर्ने सहकारीका सञ्चालक प्रहरी नियन्त्रणमा   

Kumari bank ad

काठमाडौँ, २४ पुस : बचतकर्ताको बचत फिर्ता नगर्ने गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा सञ्चालित कान्तिभैरब बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक र कर्मचारी पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका–४ चौतारा बस्ने सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, पूर्व अध्यक्ष एवं संरक्षक भनिने प्रेम श्रेष्ठ, कोषाध्यक्ष शेरलाल श्रेष्ठ र सह व्यवस्थापक राजेन्द्र श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेको हो ।

सहकारीका सबै सञ्चालक एउटै टोलका दाजुभाइ हुन् । सहकारी ठगी गरेको कसुरमा प्रक्राउ परेकालाई वृत्तअन्तर्गतको गोकर्ण प्रहरी प्रभाग भवनमा रहेको थुनुवा कक्षमा राखिएको छ । बौद्धमा थुनुवालाई राख्ने ठाउँ नपुगेर गोकर्णको थुनुवा कक्षमा राखिएको प्रभागका वरिष्ठ प्रहरी नायब निरीक्षक राजेश कार्कीले राससलाई जानकारी दिनुभयो ।

सहकारी सञ्चालक समितिका सचिवसमेत रहनुभएका प्रबन्धक रामदास श्रेष्ठ, सदस्य अनिरुद्र श्रेष्ठ, सदस्य राधेश्याम श्रेष्ठ र लेखा समिति संयोजक गोकर्णेश्वर महादेव अङ्ग्रेजी माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रप्रसाद पौडेल फरार रहेको जनाइएको छ । यी सबैका नाममा प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ । सहकारीका सञ्चालकले सात हजार ७०० बचतकर्ताको रु एक अर्ब २१ करोड हिनामिना गरेको पीडित सङ्घर्ष समितिअन्तर्गतको कार्यदलका अध्यक्ष राजेशकुमार विष्टले जानकारी दिनुभयो ।

वि.सं.२०८० पुस २४ मंगलवार ११:४५ मा प्रकाशित

You can share this post!

भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु   

भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:१६

नयाँदिल्ली, २५ वैशाख : भारतमा आज लोकसभाको ९३ स्थानका लागि...

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:०९

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले माउन्टेन इनर्जी नेपाल विरुद्द उच्च...

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:५३

काठमाडौं । एनआईसी एशिया बैंकले केही समयअघि साउदी अरेबियामा सम्पन्न...

महँगियो सुनको भाउ, आज कति बढ्यो ?

महँगियो सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:४५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...

पिपुल्स पावरलाई हकप्रद निष्कासन गर्न स्वीकृती

पिपुल्स पावरलाई हकप्रद निष्कासन गर्न स्वीकृती

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:३७

काठमाडौं । पिपुल्स पावर लिमिटेडले हकप्रद निष्कासनका लागि विद्युत नियमन...

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक   

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:३०

धरान (सुनसरी), २५ वैशाखः ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण...