काठमाडौं । साताको चौथो कारोबार दिन अर्थात बुधबार सुनको भाउमा गिरावट आएको छ । उक्त दिन सुन प्रतितोला १०० रुपैंयाले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५०० रुपैयाँ र तेजावी सुन १ लाख १७ हजार ९५० रुपैंयामा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन मंगलबार सुन प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै उक्त दिन चाँदीको भाउ ५ रुपैंयाले घटेर प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४१५ रुपैंयामा कारोबार भएको थियो ।
वि.सं.२०८० पुस २५ बुधवार १०:३७ मा प्रकाशित