काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा बढोत्तरी आएको छ । उक्त दिन बजार ९.५० अंकले बढेर २०८९ को विन्दुमा कायम हुन पुगेको छ ।
उक्त दिन सबैभन्दा बढी सोनापुर मिनरल्सको कारोबार भएको छ । आज कम्पनीको ३२ करोड ७८ लाख ९१ हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको २८ करोड ८७ लाख १५ हजार हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन ङादी ग्रुप पावरको १५ करोड ५१ लाख ८५ हजार रुपैयाँ, हाथवे इन्भेष्टमेन्टको १४ करोड ६ लाख २ हजार रुपैयाँ र एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको १२ करोड ८६ लाख ९७ हजार रुपैयाँको कारोबार भएको हो ।
वि.सं.२०८० पुस २५ बुधवार १५:०४ मा प्रकाशित