back
NMB Ad

आज २६ पुस २०८० बिहिवार, यस्तो छ आजको राशिफल

Royal Enfield Inside Page Banner

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज प्रेम र मित्रताको बन्धन कसिने बेला छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । आफन्तसँग भेटघाट पनि हुनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज शुभकार्यको चर्चा चल्नेछ । राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध बढी सुखद् रहन सक्छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । दाम्पत्य सुखले प्रसन्न र प्रफुल्लित भइनेछ । बोलीको प्रभाव पनि बढ्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । श्रमको उचित मूल्याङ्कन हुनेछ, तर स्वास्थ्य प्रति सजग रहनुहोला ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । नयाँ कमको थालनी हुनसक्छ । धार्मिक कार्यमा मन पनि जाला ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज शरीरमा स्फूर्ति र उमङ्ग कमी हुनेछ । सवारी साधन चलाउँदा वा बाटो काट्दा होस राख्नुपर्छ । नियमित खर्चसमेत बढ्ने योग छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ । अध्ययन तथा अध्यापनमा रुचि बढ्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज तपाईंको सामान हराउन सक्छ । नाक तथा घाँटीमा समस्या आउला, तर अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफूले गरेको सङ्घर्षबाट आफन्तले लाभ लिनसक्छन् । कुनै कुराले अनुहारमा चमक आउनेछ । आर्थिक क्षेत्रमा सामान्य सफलता मिल्ला ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) बाहिरी खानपानमा ख्याल गर्नुपर्नेछ । मन खिन्न हुने स्थिति आउनसक्छ । नजिकको व्यक्तिबाट धोका पाइएला, सचेत रहनुहोला ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) साथीको सहयोग र हौसला मिल्नेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । महिला वर्गबाट विशेष सहयोग मिल्नसक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । ज्यो.प. नारायणप्रसाद दुलाल

वि.सं.२०८० पुस २६ बिहीवार ०७:१२ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
सहज बन्दै मनाङको यात्रा   

सहज बन्दै मनाङको यात्रा   

वि.सं.२०८१ माघ ६ आइतवार १३:०६

मनाङ, ६ माघः पर्यटकको आकर्षक केन्द्रका रूपमा मानिएको मनाङमा पछिल्लो...

अमेरिकी राष्ट्रपतिका रूपमा ट्रम्प चीन भ्रमण गर्न इच्छुक     

अमेरिकी राष्ट्रपतिका रूपमा ट्रम्प चीन भ्रमण गर्न इच्छुक     

वि.सं.२०८१ माघ ६ आइतवार १२:४९

वासिङ्टन, ६ माघ :  अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार...

सिसी र चक्की भिटामिनको भ्रम   

सिसी र चक्की भिटामिनको भ्रम   

वि.सं.२०८१ माघ ६ आइतवार १२:१०

‘डाक्टर साहेव, मलाई कमजोरी भइरहेछ, कुनै भिटामिन वा टनिक लेखिदिनुस्...

अमेरिकामा टिकटक सेवा बन्द   

अमेरिकामा टिकटक सेवा बन्द   

वि.सं.२०८१ माघ ६ आइतवार १२:०२

वासिङ्टन, ६ माघ : अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने तयारी भइरहेका...

सरकारले तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब   

सरकारले तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब   

वि.सं.२०८१ माघ ६ आइतवार ११:५५

काठमाडौँ : चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिसम्म...

हिमालयन लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा

हिमालयन लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा

वि.सं.२०८१ माघ ६ आइतवार १०:५२

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...