back
NMB Ad

शीतलहरबाट जनजीवन कष्टकर : तरकारीबालीमा डढुवा रोगको जोखिम   

Royal Enfield Inside Page Banner

सुदूरपश्चिम, २६ पुस : शीतलहरसँगै बढेको चिसोले कैलाली, कञ्चनपुरसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ । लगातारको हुस्सु, कुहिरो एवं जाडोले जनजीवन कष्टकर बनेको हो । विशेषगरी चिसोबाट वृद्धवृद्धा, बालबालिका र दैनिक मजदुरी गरेर जीविका चलाउने बढी प्रभावित भएका छन् ।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चिसो बढेपछि सार्वजनिकस्थलमा आगो ताप्न चाहने सर्वसाधारणका लागि दाउराको व्यवस्थापन गर्न मातहतका वन कार्यालयलाई निर्देशन दिएको छ ।

तरकारी बालीमा डढुवाको जोखिम    

शीतलहरका कारण डढुवा रोगले आलु, गोलभेँडा लगायत तरकारी बालीमा समस्या देखिएको छ । “तीन दशक अघिसम्म यस्तो समस्या थिएन, जलवायु परिवर्तनका कारण यस्तो समस्या देखिएको हुनसक्छ”, कैलालीका किसान नारायण चौधरीले भन्नुभयो, “आलु गोलभेँडाको व्यावसायिक खेतीमा लागेकालाई यो रोगले निरुत्साहित बनाएको छ ।” जिल्लामा तरकारी खेती व्यावसायिक खेतीको क्षेत्रफल विस्तार हुँदै गए पनि बर्सेनि पुस महिनामा देखिने डढुवा रोगको समस्याबाट बाली जोगाउन मुस्किल हुने गरेको उहाँको अनुभव छ ।

किसान वीरबहादुर चौधरीले भन्नुभयो, “पैसा हुनेले विषादी किनेर आलु, गोलभेँडा बालीमा छर्किन थालेका छन्, पैसाको अभावमा औषधि छर्किन नपाउनेले बालीले दिने उत्पादनको आसा मारेका छन् ।” यो रोगबाट जोगाउन कतिपय किसानले ‘टनेल’ बनाएर गोलभेँडालगायतको तरकारी बालीको खेती गर्ने गरेका पनि छन् । टनेलको व्यवस्थापन गर्न नसक्नेले विषादी छर्किनुपर्ने हुन्छ ।

प्रत्येक सात÷आठ दिनको फरकमा ढुसीनाशक विषादी छर्किन सकेमा मात्र बाली जोगाउन सकिने सल्लाह कृषि प्राविधिकको छ । डढुवाको जोखिम बढेपछि धेरै किसान यति बेला विषादी छर्किन थालेका छन् । हप्ता दिनको फरकमा विषादी छर्किनुपर्दा आलु गोलभेँडालगायतको बालीको उत्पादन लागत खर्च बढ्ने गर्छ । एउटै बालीमा पटक पटक विषादी किनेर छर्किनका लागि कमजोर आर्थिक अवस्था भएकालाई बाली जोगाउनै मुस्किल हुने गरेको साना र विपन्न किसानको भनाइ छ । पटक पटक विषादी छर्किदा लागत खर्च धेरै पर्ने गरेको गुनासो उनीहरुको छ ।

रातिको तापक्रम तीन डिग्री सेल्सियसभन्दा तल जाने र आद्रता बढ्न गई शीत पर्ने र चिसो मौसमको सुषुुप्त अवस्थामा रहने ढुसी सक्रिय हुने भई बोटमा डढुवा रोगको सङ्क्रमणको समस्या देखिने गरेको कृषि प्राविधिक बताउँछन् । यो रोग लागेमा आलु, गोलभेँडाको पात, डाँठ र लागेको फल सडेर जान्छ ।

लामो समयसम्म हुस्सु र कुहिरो लागेर धेरै चिसो मौसम भइरहँदा ओसिलो जग्गामा गरिएको आलु गोलभेँडालगायतको बालीमा डढुवा सङ्क्रमणको समस्या बढी देखिने गरेको कृषि प्राविधिक खगेन्द्रप्रसाद शर्मा बताउनुहुन्छ । यसका लागि क्रिनोसिल गोल्ड, मेटाल्याक्जेल, एक्रोप्याट वा सेन्टिन नामको ढुसीनाशक विषादीको पाउडर प्रतिलिटर पानीमा डेढ ग्राम मिसाएर बनाइएको झोल एक हप्ताको फरकमा छर्किन सकेमा यो रोगबाट बाली बचाउन सकिने बताइएको छ ।

रोग लाग्ने सम्भावना देखिएमा भने बोटमा तोकिएको मात्रामा ‘मेन्कोजे’ पाउडर पानीमा घोलर छर्किदा डढुवाको सङ्क्रमणबाट बाली जोगाउन सकिने बताइएको छ । डढुवा रोगको समस्या बढ्दै जाँदा कैलाली र कञ्चनपुर जिल्लाको ठूलो क्षेत्रफलमा गरिने तोरी बालीको क्षेत्रफल घट्दै गएको किसानको अनुभव छ । ढुसीको सङ्क्रमण तोरीबालीमा पनि असर पु¥याउने गरेको छ ।

डढुवा रोगको समस्या बढ्दै जाँदा तोरी खेती गरिने क्षेत्रफल पहिलेको तुलनामा ह्वात्तै घटेको किसानको भनाइ छ । “विसं २०५४ सम्ममा आफ्नो दुई बिघाको पूरै खेतबारीमा तोरी लगाउँथ्यौँ”, किसान वीरबहादुरले भन्नुभयो, “त्यसपछिका वर्षमा भने डढुवा रोगको समस्या बढ्दै जाँदा यो बाली लगाउन छाड्नुप¥यो ।” पहिले गाउँमा हिउँदे याममा तोरी फुलेर हुने पहेँलपुर वातावरणले गाउँमा एकखालको रमाइलो हुने गरेको अनुभव उहाँको छ ।

ढुसी रोगको समस्या बढ्दा तोरी बालीको विकल्पमा अधिकांश किसान धान र गहुँ खेती गरेर चित्त बुझाइरहेका छन् । छाडा छाडिएका पशु चौपायाले खेतबारीको बाली नष्ट गर्दा बाली जोगाउन किसानले अर्को समस्या बेहोर्नुपरेको छ । बर्र्सेेनि मौसममा भइरहेको परिवर्तनका कारण चाहिएको समयमा वर्षा नहुने, वर्षा भएमा पनि बाढी र डुबानको ठूलो समस्या सिर्जना हुने, बेमौसमा चक्रवात र आँधीबेहरीको समस्या देखिने, बालीमा विभिन्न रोगको सङ्क्रमणको समस्याका साथै मित्रजीव भन्दा शत्रुजीवको समस्या बढ्न थालेको बताइन्छ ।

वि.सं.२०८० पुस २६ बिहीवार ०७:१८ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
जगदम्बा मोटर्सद्वारा ‘अनस्टपेबल फ्रिडम’ अभियानको घोषणा, राइडरहरुलाई यस्ता छन् अफर

जगदम्बा मोटर्सद्वारा ‘अनस्टपेबल फ्रिडम’ अभियानको घोषणा, राइडरहरुलाई यस्ता छन् अफर

वि.सं.२०८१ माघ ६ आइतवार १७:५९

काठमाडौं । टीभीएस मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले...

मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको छ : अर्थमन्त्री पौडेल   

मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको छ : अर्थमन्त्री पौडेल   

वि.सं.२०८१ माघ ६ आइतवार १७:५१

काठमाडौँ : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र विगतको...

हमासद्वारा आइतबार रिहा हुने तीन बन्धककोे नाम सार्वजनिक   

हमासद्वारा आइतबार रिहा हुने तीन बन्धककोे नाम सार्वजनिक   

वि.सं.२०८१ माघ ६ आइतवार १७:२३

कायरो, ६ माघ : प्यालेष्टिनी इस्लामी समूह (हमास) को सशस्त्र...

नेपाल एसबिआई बैंकद्वारा नेपाल भारत मैत्री संघ, कास्कीलाई सहयोग रकम हस्तान्तरण

नेपाल एसबिआई बैंकद्वारा नेपाल भारत मैत्री संघ, कास्कीलाई सहयोग रकम हस्तान्तरण

वि.सं.२०८१ माघ ६ आइतवार १७:१०

काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा...

प्रधानमन्त्री कप क्रिकेटः कोशीले बागमतीलाई हरायो   

प्रधानमन्त्री कप क्रिकेटः कोशीले बागमतीलाई हरायो   

वि.सं.२०८१ माघ ६ आइतवार १५:४१

बैतडी : यहाँ जारी प्रधानमन्त्री कप टी-२० महिला राष्ट्रिय क्रिकेट...

नेप्सेमा ७६ लाख ९० हजार कित्ता बोनस सेयर सूचिकृत

नेप्सेमा ७६ लाख ९० हजार कित्ता बोनस सेयर सूचिकृत

वि.सं.२०८१ माघ ६ आइतवार १५:२४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार थप एक कम्पनीको...