back
NMB Ad

निक्षेपकर्ताको निक्षेप फिर्ता गर्न शीघ्र पहल गर्छौं : गृहमन्त्री श्रेष्ठ

Royal Enfield Inside Page Banner

काठमाडौँ, २५ पुस : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापन गरी आवश्यक्ता बमोजिम उपसमितिमार्फत तोकिएको सहकारीको चल, अचल सम्पत्तिको लेखाजोखा, लिलाम आदी गर्ने र निक्षेपकर्ताको निक्षेप फिर्ता गर्न शीघ्र पहल लिइने भएको छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहकारीको सन्दर्भमा देखापरेका समस्या समाधान गर्ने उद्देश्यले आह्वान गर्नुभएको बैठकले बचत तथा कर्जा सुरक्षण कोष छिटो सञ्चालन गर्न आवश्यक पहल लिने निर्णय गरेको हो । गृह मन्त्रालयमा आयोजित बैठकमा गृहसचिव, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय सचिव, सहकारी विभागको रजिष्ट्रार, सहकारी क्षेत्र सुधार सुझाव कार्यदलको संयोजक/सदस्य, गृह मन्त्रालयका सहसचिव, अर्थ मन्त्रालयका सहसचिवलगायतको उपस्थिति रहेको थियो ।

बैठकले सहकारी विभागले नियमित नियमन गर्ने र अनुसन्धानबाट प्राप्त प्रारम्भिक प्रतिवेदन आवश्यक कारबाहीका लागि कारबाही गर्ने निकायसमक्ष अविलम्ब पठाउने तथा नियामक निकाय गठन आदेशमार्फत गठन गरी कार्य प्रारम्भ गर्नुपर्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघि नै उक्त सन्दर्भमा दिनुभएको निर्देशनबमोजिम नै उपप्रधानमन्त्री श्रेष्ठले निर्णयको अग्रसरता लिनुभएको हो ।

वि.सं.२०८० पुस २६ बिहीवार ०७:२७ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
छोरीको शव ल्याउन भौँतारिरहेकी ७० वर्षीया आमा   

छोरीको शव ल्याउन भौँतारिरहेकी ७० वर्षीया आमा   

वि.सं.२०८१ फागुन १ बिहीवार ०६:३४

विष्णुप्रसाद गौडेल मध्यविन्दु (नवलपरासी) : नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–४...

आज विश्व रेडियो दिवस   

आज विश्व रेडियो दिवस   

वि.सं.२०८१ फागुन १ बिहीवार ०६:२७

काठमाडौँ : आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक कार्यक्रम...

सामाजिक उत्तरदायित्वमा माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाको १७ करोड खर्च   

सामाजिक उत्तरदायित्वमा माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाको १७ करोड खर्च   

वि.सं.२०८१ फागुन १ बिहीवार ०६:२१

काठमाडौँ :  रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत्...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर   

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर   

वि.सं.२०८१ फागुन १ बिहीवार ०६:१५

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

आज १ फाल्गुण २०८१ बिहिवार, हेर्नुहोस् आजको राशिफल

आज १ फाल्गुण २०८१ बिहिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ फागुन १ बिहीवार ०६:०९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

मन्त्रिपरिषद् निर्णय : बीस लाख अमेरिकी डलर अनुदान स्वीकार   

मन्त्रिपरिषद् निर्णय : बीस लाख अमेरिकी डलर अनुदान स्वीकार   

वि.सं.२०८१ माघ ३० बुधवार २०:३९

काठमाडौँ : सरकारले एसियाली विकास बैंकको ‘एसिया प्यासिफिक डिजास्टर रेस्पोन्स...