काठमाडौं । कुमारी बैंकले माघ महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेको छ। बैंकले माघ १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएर सार्वजनिक गरेको हो ।
प्रकाशित ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.११ प्रतिशतदेखि अधिकतम ६.११ प्रतिशत ब्याजदर तोकेको छ । पुसमा सोही खातामा ५.५१ प्रतिशतदेखि अधिकतम ६.६१ प्रतिशत ब्याजदर तोकेको थियो ।
बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ८.११ प्रतिशत र संस्थागततर्फ न्यूनतम ६.११ प्रतिशत ब्याजदर निर्धारण गरेको हो । यसअघि बैंकले व्यक्तिगततर्फ ९.३१ प्रतिशत र संस्थागततर्फ न्यूनतम ७.३१ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
बैंकले कर्जाको प्रिमियम दर अधिकतम ३.५ प्रतिशत तोकेको छ । बैंकको आधार दर १०.६६ प्रतिशत र स्प्रेड दर ४.२ प्रतिशत रहेको छ ।
वि.सं.२०८० पुस २६ बिहीवार ०७:३५ मा प्रकाशित