काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले आफ्ना ३ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको ६१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यसमा हाल कायम विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले संस्थाको केन्द्रीय कार्यालय पोखरा–१०, कास्कीमा सूचना जारी भएको मितिबाट ३५ दिनभित्र निवेदन पेश गर्नुपर्नेछ ।
सो समय भित्र विद्यमान संस्थापकहरुबाट सेयर खरिद गर्न आवेदन प्राप्त नभएमा त्यसपछि अन्य व्यक्ति वा संघ संस्थाले पनि आवेदन दिन मिल्न व्यवस्था गरिनेछ ।
वि.सं.२०८० पुस २७ शुक्रवार १२:१५ मा प्रकाशित