काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाममा फेक (नक्कली) ह्वाट्स एप बनाएर दुरुपयोग गरेको पाइएको छ ।
नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै गभर्नर अधिकारीको नाम र तस्बिर दुरुपयोग गरी विभिन्न व्यक्तिसँग संवाद गरेर पैसा माग गरेको विषय जानकारीमा आएको जनाएको हो ।
राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ, ‘गभर्नर महाप्रसाद अधिकारीको नाम र तस्बिर दुरुपयोग गरी वाट्सप अकाउन्ट बनाएर विभिन्न व्यक्तिसँग संवाद गरेको पाइएकोले यसप्रति सजग रहन सम्बन्धित सबै सरोकारवाला र सर्वसाधारणामा अनुरोध छ, ।
वि.सं.२०८० पुस २९ आइतवार १३:०३ मा प्रकाशित