काठमाडौं । सोनापुर मिनिरल्स एन्ड आयलले वार्षिक साधारण सभा बोलाएको छ । सभा माघ २६ गते होटल माला इन घोराही–१५, दाङमा बिहान १० बजे बोलाएको हो ।
सभामा प्रबन्धपत्र संशोधन गर्ने र कम्पनीको उद्देश्य थप गर्ने प्रस्ताव पेश हुनेछ । यस्तै, कम्पनीको हाल कायम चुक्ता पुँजी र सञ्चित मुनाफाको जम्मा रकम भन्दा बढीको रकम विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण चुक्ता गर्न अनुमोदन गर्ने प्रस्ताव पनि पेश हुनेछ । कम्पनीले साधारणसभामा लाभांश वितरण गर्ने कुनै प्रस्ताव राखेको छैन। यसले गर्दा सोनापुर सिमनिरल्सका शेयरधनीको यस वर्ष हात खाली हुने भएको छ।
गत आर्थिक वर्षको नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत अन्य विवरणहरु छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ । सभामार्फत सर्वसाधारण सेयरधनी समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव रहेको छ । साधारण सभा सुरु हुनेछ । सभा प्रयोजनका लागि माघ १२ गते बुक क्लोज गर्ने भएको छ ।
वि.सं.२०८० माघ ४ बिहीवार १०:१२ मा प्रकाशित