back
NMB ad

यसकारण घट्यो आरएसडीसी लघुवित्तको नाफा

Kumari bank ad

काठमाडौं । आरएसडीसी लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले ६ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षका यसै अवधिमा ७ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको लघुवित्तको नाफा १२.७३ प्रतिशतले घटेको हो।

लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेको छ भने खराब कर्जा बढेको छ। यसले गर्दा कम्पनीको नाफा प्रभावित भएको हो।

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १४ करोड ७५ लाख रुपैयाँबाट घटेर १२ करोड २० लाख ११ हजार रुपैयाँमा झरेको छ। जुन १७.३२ प्रतिशतले कम हो। सञ्चालन नाफा पनि १२.७३ प्रतिशतले घटेर ९ करोड ९० लाख ६ हजार रुपैयाँमा झरेको छ।

लघुवित्तको खराब कर्जा ०.८१ प्रतिशतबाट बढेर १.८२ प्रतिशत पुगेको छ । लघुवित्तको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ७३ पैसाबाट घटेर १५ रुपैयाँ ९४ पैसामा झरेको छ भने प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ०१ पैसा छ ।

हाल लघुवित्तको चुक्ता पुँजी ८६ करोड ९५ लाख ६८ हजार रुपैयाँ छ भने जगेडा कोषमा १२ करोड १० लाख रुपैयाँ छ।

वि.सं.२०८० माघ ४ बिहीवार १०:०५ मा प्रकाशित

You can share this post!

आज ३० बैशाख २०८१ आइतवार, यस्तो छ आजको राशिफल

आज ३० बैशाख २०८१ आइतवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख ३० आइतवार ०६:२७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो   

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार २१:०५

केप क्यानभरल (अमेरिका):  पृथ्वीसँग ठोक्किएको असामान्यरूपमा बलियो सौर्य आँधीले शनिबार...

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

वि.सं.२०८१ वैशाख २९ शनिवार २०:५८

तनहुँ, २९ वैशाखः तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट...

दाङमा दुई महिलाको हत्या, एकजना पक्राउ   

दाङमा दुई महिलाको हत्या, एकजना पक्राउ   

वि.सं.२०८१ वैशाख २९ शनिवार २०:५३

घोराही, २९ वैशाख: घोराही उपमहानगरपालिका–१० पहेलपारमा आज दिउँसो दुई महिलाको...

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२७

काठमाडौँ, २९ वैशाख : काठमाडौँ महानगरपालिका आर्थिक वर्ष २०८१/८२ का...

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२१

काठमाडौँ, २९ वैशाख : विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउने विषयमा...