back
Kumari Bank

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

Nepal Bank

तनहुँ, २९ वैशाखः तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको विद्युत प्रसारणलाइन निर्माण कार्य प्रभावित भएको छ ।

प्याकेज–३ अन्तर्गत प्रसारणलाइन क्षेत्रमा पर्ने रूख कटान गर्न सरकारले स्वीकृति दिए पनि स्थानीय वनसँग कुरा नमिल्दा प्रसारणलाइन निर्माणको काम प्रभावित भएका आयोजना प्रवर्द्धक तनहुँ हाइड्रोपावरका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्याकेज—३ अन्तर्गत चितवनखण्डमा समस्या देखिएको र विवाद कायमै रहेकाले १८ वटा विद्युत टावर ठड्याउने काम अगाडि बढ्न नसकेका उहाँको भनाइ छ । “तनहुँखण्डमा रहेका सामुदायिक वनसँगको समन्वयमा काम अगाडि बढेको बढेको थियो तर चितवनखण्डमा ठूला सालका रूख कटान गर्नुपर्ने भएकाले वनले जोखिम बहन र सहजीकरण गर्न नसकेपछि काम प्रभावित भएको छ”, श्रेष्ठले भन्नुभयो ।

हाल दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबलसर्किट प्रसारणलाइन प्याकेज–३ अन्र्तगत ३४ दशमलव ७ किलोमिटर दूरीमा प्रसारणलाइनको काम भइरहेको छ । सो कार्य गर्ने ठेक्का केइसी इन्टरनेशनल लिमिटेड, भारतले पाएको छ तर सम्झौताअनुसारको म्याद गुज्रिसकेको छ । यो खण्डमा रहेका कूल ९४ टावरमध्ये ७६ टावरको फाउण्डेसन कार्यसम्पन्न भएको र ५६ टावर ठडाइसकिएको छ । सो प्याकेजको समग्र निर्माण प्रगति ७३ प्रतिशत रहेको जनाइएको छ ।

श्रेष्ठका अनुसार प्याकेज–१ मा ३५, प्याकेज–२ मा ५५ प्रतिशत र समग्रमा आयोजनाको ५५ प्रतिशत कार्यसम्पन्न भएको छ ।

वि.सं.२०८१ वैशाख २९ शनिवार २०:५८ मा प्रकाशित

You can share this post!

रानीमहललाई पुरानै अवस्थामा संरक्षण गरिने

रानीमहललाई पुरानै अवस्थामा संरक्षण गरिने

वि.सं.२०८२ असार १२ बिहीवार १४:२१

काठमाडौं : पाल्पाको रानीमहललाई पुरानै अवस्थामा फर्काइ संरक्षण गरिने भएको...

विवादास्पद टेक एण्ड पे पीपीए फिर्ता : इप्पानको भद्र आन्दोलनले दियो सार्थक परिणाम

विवादास्पद टेक एण्ड पे पीपीए फिर्ता : इप्पानको भद्र आन्दोलनले दियो सार्थक परिणाम

वि.सं.२०८२ असार १२ बिहीवार १४:१०

काठमाडौं : नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा...

समृद्धि फाइनान्सका चार शाखाको दोस्रो वार्षिकोत्सव सम्पन्न

समृद्धि फाइनान्सका चार शाखाको दोस्रो वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ असार १२ बिहीवार १२:५४

समृद्धि फाइनान्स लिमिटेडका गैर, औरही, मधुवन र खरेन्द्रपुर शाखाहरूले आ–आफ्नो...

विष्णुमतिमा गाडीसहित बगेकी महिलाको उद्धार   

विष्णुमतिमा गाडीसहित बगेकी महिलाको उद्धार   

वि.सं.२०८२ असार १२ बिहीवार १२:४०

काठमाडौँ : काठमाडौँको टोखामा गएराति गाडीसहित बगेकी एक महिलाको प्रहरीले...

धनगढीमा हुन्डाईको ‘क्रेटा EV’ सार्वजनिक: विद्युतीय सवारीमा उत्साहजनक प्रतिक्रिया र व्यापक सहभागिता

धनगढीमा हुन्डाईको ‘क्रेटा EV’ सार्वजनिक: विद्युतीय सवारीमा उत्साहजनक प्रतिक्रिया र व्यापक सहभागिता

वि.सं.२०८२ असार १२ बिहीवार ११:१५

धनगढी : नेपालमा हुन्डाई सवारीसाधनको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले...

छ्याङ्दी हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म ?

छ्याङ्दी हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म ?

वि.सं.२०८२ असार १२ बिहीवार ११:०६

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले जेठ २३ गतेदेखि निष्काशन गरेको...