काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । उक्त दिन बजार २५.६३ अंकले घटेर २१३० को विन्दुमा कायम हुन पुगेको छ ।
उक्त दिन सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयर कारोबार भएको छ । आज कम्पनीको ५६ करोड ७९ लाख १० हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको हिमाल दोलखा हाइड्रोपावरको २२ करोड ९१ लाख ७९ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन अपी पावर कम्पनीको २० करोड ८२ लाख ३० हजार रुपैयाँ, नेपाल रिइन्स्योरेन्स कम्पनीको २० करोड १३ लाख ४८ हजार रुपैयाँ र सोनापुर मिनरल्सको १९ करोड ८८ लाख ६६ हजार रुपैयाँको कारोबार भएको हो ।
वि.सं.२०८० माघ ७ आइतवार १५:११ मा प्रकाशित