काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । उक्त दिन बजार २५.६३ अंकले घटेर २१३० को विन्दुमा कायम हुन पुगेको छ ।
आज नेप्सेमा कारोबार भएको ३०८ कम्पनीको २ करोड २८ लाख २० हजार २७९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६७ करोड ७७ लाख ४० हजारको कारोबार भएको छ । बजारमा गिरावट आउँदा ११ वटा उपसूचकमा राताम्मै भएको छ ।
उक्त दिन सिइडिबी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य ८.२७ प्रतिशतले घटेको हो । त्यस्तै, मोलुङ हाइड्रोपावर कम्पनीको ७.२६ प्रतिशत, बाराही हाइड्रोपावरको ६.२५ प्रतिशतले सेयर मूल्य घटेको छ ।
वि.सं.२०८० माघ ७ आइतवार १५:१९ मा प्रकाशित