back
NMB ad

‘आर्टिफिसियल इन्टिलिजेन्स’ कोर्स अब ब्रिटिस कलेजमा, आवेदन खुला

Kumari bank ad

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)ले नयाँ शैक्षिक कार्यक्रम बीएससी (अनर्स) कम्प्युटर साइन्स (आर्टिफिसियल इन्टिलिजेन्स) सुरु गरेको छ ।

ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजले शुक्रवार एक कार्यक्रमको आयोजना गर्दै नयाँ पाठ्यक्रमको औपचारिक सुरुवात गरेको हो । ‘युनिभर्सिटी अफ द वेस्ट अफ इङ्गल्यान्ड’, युकेसँगको साझेदारीमा सञ्चालित यस विषयलाई बेलायतको इन्जिनियरिङ काउन्सिल, र ब्रिटिस कम्प्युटर सोसाइटीले पनि मान्यता दिएको छ ।

फिनटेक अलायन्स नेपालको सहकार्यमा भएको उद्घाटन समारोहमा नेपालका लागि बेलायती राजदूत महामहिम रोब फेनका साथै उद्योगी÷व्यवसायी लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो । औपचारिक कार्यक्रमसँगै प्यानल छलफल समेत भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक गुणाकर भट्टले डिजिटल वालेटको युगबारे आफ्ना भनाइहरू राखेका थिए । त्यसपछि भएको प्यानल छलफलमा नेपालमा लोकप्रिय डिजिटल वालेट प्लेटर्फमहरु– ई–सेवा, खल्ती र आईएमई पेका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा फिनटेक अलायन्सका अध्यक्ष सञ्जीव सुब्बाले डिजिटल वालेटको भविष्यमा आर्टिफिसियल इन्टिलिजेन्स कसरी महत्त्वपूर्ण छ भन्नेबारेमा आफ्ना भनाइहरू राखे । उनले कसरी एआईले फिनटेकमा ठूला परिवर्तन ल्याउन सक्छ, र यसका सम्भावनाबारे पनि जानकारी दिए । सुब्बाले आइटिको क्षेत्रमा सिङ्गो देशलाई रूपान्तरण गर्ने अन्तर्राष्ट्रिय मान्यता प्राप्त युकेका विश्वविध्यालयका कार्यक्रमहरू नेपालमा ल्याएकोमा ब्रिटिस कलेजलाई धन्यवाद दिए ।

नेपालका लागि बेलायती राजदूत रोब फेनले नेपालमा डिजिटल लगानीको बारेमा महत्वपूर्ण मन्तब्य दिएका थिए । उनले भने, ‘युके र नेपालबीच बलियो सम्बन्धलाई सुदृढ गर्दै यस अग्रगामी कार्यक्रमको सुरुवात भएको देख्न पाउँदा म निकै खुसी छु । ब्रिटिस कलेज र युनिभर्सिटी अफ वेस्ट अफ इङ्गल्याण्डबीचको सहकार्यले शिक्षा र नवप्रवर्तनलाई बढवा दिने हाम्रो प्रतिबद्धतालाई अझै झल्काएको छ ।’

त्यस्तै, ब्रिटिस कलेजका डेपुटी प्रिन्सिपल डा. प्याट्रिक म्याकक्रडनले पनि कार्यक्रममा मन्तव्य राख्दै ‘हामीले सुदृढ भविष्यको लागि नयाँ प्रतिभालाई सही आकार दिनमा सँधै ध्यान केन्द्रित गरेका छौँ । त्यसैले विश्वभरका उद्योगहरूले एआई प्लेटर्फमहरु अङ्गाल्न थालेको अवस्थामा यस पाठ्यक्रमले दक्ष जनशक्तिहरूको आवश्यकतालाई सम्बोधन गर्नेछ र विद्यार्थीहरूलाई चौथो औद्योगिक क्रान्तिमा नेतृत्व लिन तयार पार्नेछ भनेका थिए । विश्वभरि नै सबैभन्दा धेरै माग गरिएको यस बहुप्रतिक्षित विषय अध्ययन गर्न चाहनेहरूको लागि भर्ना आवेदन खुल्ला भइसकेको छ पनि बताए ।’

वि.सं.२०८० माघ ८ सोमवार १४:०० मा प्रकाशित

You can share this post!

राइटपाथले काठमाडौंसहित देशका प्रमुख सहरमा ‘ग्राण्ड एजुकेशन कन्क्लेभ’ गर्दै, यस्ता छन् अफर

राइटपाथले काठमाडौंसहित देशका प्रमुख सहरमा ‘ग्राण्ड एजुकेशन कन्क्लेभ’ गर्दै, यस्ता छन् अफर

वि.सं.२०८१ वैशाख २७ बिहीवार १३:०९

काठमाडौं । राइटपाथको आयोजनामा यही बैशाख २९ गतेदेखि जेठ ८...

देशकै अग्रणी आइपी टि. भी सेवा प्रदायक कम्पनि क्यारो टि.भी नेपाल संचालनमा

देशकै अग्रणी आइपी टि. भी सेवा प्रदायक कम्पनि क्यारो टि.भी नेपाल संचालनमा

वि.सं.२०८१ वैशाख २७ बिहीवार १३:०३

काठमाडौँ । आइपी टि.भी सेवा प्रदायक कम्पनी क्यारो टि.भी नेपालले...

समानिकरणको अनुदान निकास नभए सिंहदरबार घेरिन्छ : अध्यक्ष ढुंगाना

समानिकरणको अनुदान निकास नभए सिंहदरबार घेरिन्छ : अध्यक्ष ढुंगाना

वि.सं.२०८१ वैशाख २७ बिहीवार १२:५०

बुटवल । नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगानाले स्थानिय...

सरकार रुपान्तरणकारी बजेट ल्याउने तयारीमा छ: अर्थमन्त्री पुन   

सरकार रुपान्तरणकारी बजेट ल्याउने तयारीमा छ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १२:४२

काठमाडौँ, २७ वैशाख: अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटले...

झाँगाझोलीलाई जडीबुटीको ‘शैक्षिक हब’ बनाइँदै   

झाँगाझोलीलाई जडीबुटीको ‘शैक्षिक हब’ बनाइँदै   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १२:१६

सानेबहादुर नेपाली तनहुँ २७ वैशाखः जिल्लाको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाँगाझोलीमा...

एमालेका कार्कीद्वारा कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस   

एमालेका कार्कीद्वारा कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १२:०९

काठमाडौँ, २७ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेशसभा संसदीय...