काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । उक्त दिन बजार ३१.४९ अंकले घटेर २०९८ को विन्दुमा कायम हुन पुगेको छ ।
आज नेप्सेमा कारोबार भएको ३०७ कम्पनीको १ करोड ८० लाख ४३ हजार २४४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३६ करोड ६० लाख ७० हजारको कारोबार भएको छ । बजारमा गिरावट आउँदा १२ वटा उपसूचकमा राताम्मै भएको छ ।
उक्त दिन दोर्दी खोला जलविद्युत कम्पनीको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य ८.३३ प्रतिशतले घटेको हो । त्यस्तै, हिमालयन लघुवित्तको ७.२७ प्रतिशत, लिब्रेटी इनर्जीको ६.७८ प्रतिशत, रिडी पावरको ६.७३ प्रतिशतले सेयर मूल्य घटेको छ ।
वि.सं.२०८० माघ ८ सोमवार १५:१९ मा प्रकाशित