काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । उक्त दिन बजार ३१.४९ अंकले घटेर २०९८ को विन्दुमा कायम हुन पुगेको छ ।
आज सेयर बजारमा गिरावट आउँदा अपर स्याङ्गे हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ । कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ । त्यसैगरी, मिड सोलु हाइड्रोपावरको ९.४६ प्रतिशत, आशा लघुवित्तको ६.६९ प्रतिशत, ङादी ग्रुप पावरको ३.८१ प्रतिशतले सेयर मूल्य बढेको छ ।
वि.सं.२०८० माघ ८ सोमवार १५:१२ मा प्रकाशित