काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को लक इन पिरियड फागुन २३ गते समाप्त हुने भएको छ। बैंकले सूचना प्रकाशित गर्दै सो कुराको जानकारी दिएको हो।
हाल निफ्राको १२ करोड ९६ लाख कित्ता संस्थापक शेयर लक इनमा रहेको छ। लक इन अवधि खुलेपछि शेयर दोस्रो बजारमा कारोबार गर्न मिल्ने छ। बैंकको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।
वि.सं.२०८० माघ १० बुधवार ०७:११ मा प्रकाशित