काठमाडौं । भगवति हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सेयरधनीलाई नगद लाभांश वितरण गरेको छ।
कम्पनीले गत पुस २४ गते सम्पन्न २३ औं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७९/८० का लागि पारित १०.५२६३ प्रतिशत नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।
कम्पनीले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा माघ २ गतेदेखि उक्त नगद लाभांश जम्मा गरेको जनाएको छ ।
भौतिक सेयर अभौतिक नगरेका सेयरधनीहरुले सेयरधनीहरुलाई अभौतिकिकरण गर्न कम्पनीले आग्रह गरेको छ।
वि.सं.२०८० माघ १० बुधवार १०:०५ मा प्रकाशित